भर्खरै :

दैलेखका विभिन्न स्थानमा भक्तपुर काण्डको भत्र्सना

दैलेखका विभिन्न स्थानमा भक्तपुर काण्डको भत्र्सना

दैलेख ११, भदौ । नेपाल मजदुर किसान पार्टी डुङ्गेश्वर गाउँ समितिको आयोजनामा ‘भक्तपुर काण्ड’ विषयक भत्र्सना कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी जिल्ला समितिका अध्यक्ष जगत वलीले नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्यस्तरबाट रचिएको षड्यन्त्र नै भक्तपुर काण्ड हो भन्नुभयो । उहाँले नेमकिपाको निःस्वार्थले देश र जनताको सेवा गर्ने नीतिबाट अत्तालिएर त्यो षड्यन्त्र रचेको बताउनुभयो ।
नेमकिपा गाउँ समितिका अध्यक्ष बिन्दुलाल रेग्मी, सचिव, गंगाप्रसाद न्यौपाने, कोषाध्यक्ष कृष्णप्रसाद ज्ञवाली, लिलाप्रकाश दाहाल र हीरामणि न्यौपानेले भक्तपुर काण्डबारे बोल्नुभएको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी दुल्लु नगर समितिको आयोजनामा शनिबार भक्तपुर काण्डको भत्र्सना गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला समिति दैलेखका उपाध्यक्ष एवम् दुल्लु नगर समितिका अध्यक्ष लक्ष्मीकुमार विकले २०४५ सालमा एक कुपात्रलाई बलिको बोको बनाई नेमकिपालाई समूल नष्ट गर्न पञ्चायतले षड्यन्त्र गरेको बताउनुभयो ।
नेमकिपा जिल्ला समिति सदस्य वीरबहादुर भण्डारीले हरेक कार्यकर्ताहरू विरोधदेखि सजग हुनुपर्छ भन्नुभयो । नेमकिपा दुल्लु नगर समिति सदस्य पदमबहादुर बुढाले हरेक गतिविधिमा कार्यकर्ताहरू क्रियाशील हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घका जिल्ला उपाध्यक्ष लोकप्रसाद आचार्य, शिक्षक डिल्लीप्रसाद आचार्य, तिलकदेव जैसी, चन्द्रा दाहाल र मदनकुमार भण्डारीले बोल्नुभएको थियो ।
त्यस्तै आठबिस नगरपालिका वडा नं. १ सात्तलामा भक्तपुर काण्डको विरोध एवम् भत्र्सना कार्यक्रम भयो । कार्यक्रममा नेमकिपा जिल्ला समितिका सदस्य मानबहादुर सिजापति, जिल्ला सदस्य सौरे कामी नगर समितिका अध्यक्ष जयबहादुर बडुवाल, मोतीराम विक, गीता विक, दीर्घ विकले बोल्नुभएको थियो ।
त्यस्तै महाबु गाउँपालिकामा पनि भक्तपुर काण्डको विरोध कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा जिल्ला सदस्य दुर्गबहादुर थापा, जिल्ला सदस्य लक्ष्मी सिंह, बमबहादुर सिंह, भगीराम थापा, तिलबहादुर थापाले बोल्नुभएको थियो ।
त्यस्तै गुरास गाउँपालिकामा भत्र्सना कार्यक्रम भयो । उक्त कार्यक्रममा नेमकिपा जिल्ला समितिका अध्यक्ष जगत वली, जिल्ला सदस्य सीता शाही, गगन वि.सी, हस्तबहादुर गुरुङ, हस्त घले र दानबहादुर गुरुङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *