नेपाली चिया उद्योगहरू बन्द हुँदा पनि रास्वपा सरकार किन मौन ?
- असार १, २०८३
वर्षायाम्सँगै देशमा फेरि डेङ्गु रोगको प्रकोप देखा पर्न थालेको छ । विगतमा झैँ यस पटक पनि यो रोगको चपेटा विभिन्न क्षेत्रमा परेका छन् । विशेषगरी दिउँसो देखिने लामखुट्टेको टोकाइबाट हुने यो रोगको कारणले अहिलेसम्ममा एक दर्जनभन्दा मानिसले अकालमै ज्यान गुमाइसकेका छन् भने हजारौँ मानिस यस रोगका कारण थला परेका छन्, । विशेषतः यस रोगको सङ्क्रमणबाट बच्न आफ्नो वरिपरिको वातावरण सफा, स्वच्छ तथा खाल्डाखुल्डी वा जहाँतहीँ पानी जम्न नदिने विषयमा विशेष ध्यान दिनुपर्छ ।
यस रोगबाट बच्न लामखुट्टेको लार्भा नष्ट गर्ने र बेलुका झुल हालेर सुत्नुपर्छ । साथै टोल–टोलमा डेङ्गुविरुद्धको रसायन पाउडर छर्ने गर्नुपर्छ । सचेतना कार्यक्रम गर्ने तथा अस्पतालमा डेङ्गु सङ्क्रमितको निम्ति पर्याप्तमात्रामा बेड, औषधि तथा स्वास्थ्यकर्मी व्यवस्था गर्नु सरकारको दायित्व हो ।
सरोकारवाला विभिन्न निकायहरू सजग हुनुपर्ने देखिन्छ । जनतालाई सुसूचित गर्न नसके थप क्षति हुने सम्भावना हुन्छ । त्यसैले समयमै सम्बन्धित सरोकारवाला पक्षको ध्यान जाओस् ।
Leave a Reply