भर्खरै :

सापारुको प्रदक्षिणा मार्गमा सचेतना ¥याली

सापारुको प्रदक्षिणा मार्गमा सचेतना ¥याली

भक्तपुर, १२ भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा २०८० सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा मङ्गलबार बिहान सचेतना ¥याली गरिएको छ । यस वर्षको गुन्हिपुन्ही
(जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरूबिच भएको बैठकले भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनैपूर्णिमा) र साउन १४ गते सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको हो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुरको दत्तात्रयबाट सुरु भएको सफाइ ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इटाछेँ, खौमा हुँदै दरबार क्षेत्र फसिदेग अगाडि पुगी सभामा परिणत भएको थियो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सचेतनामूलक सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै प्रदक्षिणा मार्गमा रहेका फोहोर व्यवस्थापन र जात्रा अवधिभर शान्तिपूर्ण वातावरण कायम गर्न सचेतना कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
सापारु नेवार समुदायको एक मौलिक पहिचान बोकेको जात्राको रूपमा प्रख्यात भएको बताउँदै उहाँले भक्तपुरको सापारु पर्व हेर्न काठमाडौँ उपत्यका र उपत्यका आसपासका हजारौँ जात्रालुहरू भक्तपुरमा जात्रा हेर्न आउने भएकोले यहाँको सरसफाइ, पार्किङ व्यवस्थापन, स्वयम्सेवक परिचालनलगायतका विषयमा नगरपालिकाले विशेष पहल गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले विद्यालय तथा कलेजहरूमा विद्यार्थीहरूलाई गाईजात्रा पर्वबारे जानकारी दिन स्थानीय पाठ्यक्रम लागू गर्दै आएको बताउँदै विद्यालयहरूले विद्यार्थीहरूलाई घिन्ताङघिसी तथा मौलिक नाचहरूको प्रशिक्षणसमेत सञ्चालन गर्दैै आइरहेको बताउनुभयो ।
उपप्रमुख रजनी जोशीले भक्तपुरको कला र संस्कृति संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले भक्तपुर नपाले विविध सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको बताउँदै गाईजात्रा पर्व पनि भक्तपुरको महत्वपूर्ण सांस्कृतिक पर्वको रूपमा रहेको हुँदा सभ्य ढङ्गले यो जात्रा मनाउन आग्रह गर्नुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले नपाको आयोजनामा भएको सरसफाइ कार्यक्रममा सहभागी सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी र विद्यालय शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूमा धन्यवादज्ञापन गर्दै जात्रा भव्यरूपमा सम्पन्न गर्न सबैमा अनुरोध गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नपाले विगतमा झैँ यस वर्षमा पनि सापारुको उपलक्ष्यमा परम्परागत र आधुनिक सांस्कृतिक विधाहरू तथा घिन्ताङघिसी प्रतियोगिता गर्न लागेको जानकारी गराउँदै गाईजात्रा प्रदक्षिणा मार्गमा अव्यवस्थित तार व्यवस्थापन भइरहेको अवगत गराउनुभयो ।
विभिन्न विद्यालयका विद्यार्थीसहित सहभागी भएको सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *