ख्वप कलेज अफ इन्जिनियरिङमा अन्तर–कक्षा खेलकुद प्रतियोगिता सुरु
- असार ५, २०८३
भक्तपुर, १२ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकुद मौलिक हक अधिकारभित्र नरहेकोले खेलकुद क्षेत्रको विकास हुन नसकेको बताउँदै शिक्षा र स्वास्थ्य जनताका आधारभूत विषय भएको बताउनुभयो ।
एभरेष्ट इङ्गलिस स्कूलको आयोजनामा भएको ‘सातौँ उपत्यकाव्यापी बास्केटबल प्रतियोगिता २०८०’ मा बोल्दै उहाँले खेलाडीले पढ्दैनन् र पढ्नेले खेल्दैनन् भन्ने मान्यतामा धेरै भिन्नता आएको बताउँदै विद्यालय जीवनदेखि शिक्षा र खेलकुदलाई सँगसँगै अगाडि बढाएको पाइएको सुखद पक्ष भएको बताउनुभयो ।
उहाँले भक्तपुरको शैक्षिक विकासमा एभरेस्ट इङ्गलिस स्कूलको पनि महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै भक्तपुर नपाले खेल क्षेत्रको विकासको लागि प्रशिक्षण, व्यायामशाला स्थापना, खेलाडी सम्मान तथा विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गरी खेलाडीहरूलाई उत्साहित गर्दै आइरहेको बताउनुभयो ।
भक्तपुरलाई सबै क्षेत्रमा राम्रो बनाउने उद्देश्यले भक्तपुर नपाले काम गरिरहेको बताउँदै उहाँले सबै क्षेत्रमा अनुशासन महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।
एभरेष्ट इङ्गलिस स्कूलका प्रअ भक्त राजभण्डारीले विद्यालयको आयोजनामा भएको प्रतियोगितामा ६३६ जना विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य मित्रता र प्रतिस्पर्धा हो भन्नुभयो ।
भक्तपुरलाई आफ्नो कार्यक्षेत्रमा बनाउन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै प्रअ राजभण्डारीले विद्यालयले विद्यार्थीहरूलाई सम्मानपूर्वक व्यवहार गर्नुका साथै उत्कृष्ट विद्यार्थी उत्पादनमा जोड दिँदै आएको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्यले सहभागी सम्पूर्ण विद्यालय र विद्यार्थीहरूमा धन्यवादज्ञापन गर्दै विद्यार्थीहरूलाई सक्रिय जीवन जिउन प्रेरित गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले सातौँ उपत्यकाव्यापी बास्केटबल प्रतियोगिताका रेफ्रि तथा विजेताहरूलाई प्रशंसापत्र, मेडल तथा शिल्ड प्रदान गर्नुभएको थियो ।
Leave a Reply