नेपालको मौलिक तथा धार्मिक साहित्य स्वस्थानी व्रतकथा
- माघ १, २०८१
भक्तपुर, १२ भदौ । गणेश माविको आयोजनामा ‘भक्तपुर काण्ड’ को विरोध एवम् भत्र्सना कार्यक्रम मङ्गलबार भार्वाचोमा भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले नेपाल मजदुर किसान पार्टीको समूल नष्ट गर्ने उद्देश्यले पञ्चायती सरकारले रचेको षड्यन्त्रले अन्ततः पञ्चायती व्यवस्थाकै पतन भएको बताउनुभयो ।
कामदार जनताको राजनैतिक चेतनास्तर वृद्धि गर्दै जनताको शैक्षिक, सामाजिक एवं आर्थिक अवस्था सबल गराउने उद्देश्यले तत्कालीन समयमा नेपाल मजदुर किसान पार्टीले गरेका गतिविधिहरूले पञ्चायती व्यवस्थाका शासकहरू सशङ्कित बनेको चर्चा गर्दै नेमकिपाले देश र जनताको पक्षमा सदैव सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
नेमकिपाका पूर्व नगर अध्यक्ष रवीन्द्र खर्बुजाले भदौ ९ को दिन घटेको घटनाबारे चर्चा गर्दै ‘भक्तपुर काण्ड’ नेमकिपाविरुद्ध पञ्चायती व्यवस्थाको षड्यन्त्र भएको कुरा घटनाक्रमले पुष्टि गरेको बताउनुभयो ।
नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले हरेक घटनाबाट क्रान्तिकारीहरूले सिक्नुपर्ने बताउँदै भक्तपुर काण्डले महिला, विद्यार्थी, शिक्षकहरूलाई सङ्गठित भई सङ्घर्ष गर्न सिकाएको बताउनुभयो ।
शिक्षक रत्नप्रसाद फैजूको सभापतित्वमा सम्पन्न कार्यक्रममा सुशीला न्याइच्याईले पनि बोल्नुभयो ।
Leave a Reply