शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिकाबारे अन्तरक्रिया
- असार ७, २०८३
ऐतिहासिक, सामाजिक, सांस्कृतिक र राजनीतिक हिसाबले महत्व रहेको यस वर्षको सापारु (गाईजात्रा) आजदेखि सुरु भएको छ । वर्षभरिमा देखिएका स्थानीयदेखि केन्द्रसम्मका कमी कमजोरी औँल्याउने र घोचपेच हुने यो व्यङ्ग्य जात्रा पनि हो । ‘नाचगानको राजधानी’ भनिएको भक्तपुरमा यो पर्वमा घिन्ताङघिसीमात्र होइन यहाँ रहेका परम्परागत नाचगानहरू पनि प्रदर्शन हुन्छ । यसकारण, यो जात्रा उपदेशमूलक, शिक्षामूलक र मनोरञ्जनात्मक पनि हुन्छ । यहाँको आफ्नै किसिमको नाचगानको शैली, व्यङ्ग्य प्रस्तुति र घिन्ताङघिसी प्रदर्शन हेर्न सापारुको दिन बाहिरबाट हजारौँ मान्छे आउँछन् र हेरेर जान्छन् । अतः जात्रालाई अझ व्यवस्थित गर्ने, अनुशासित ढङ्गले प्रस्तुत गर्ने र उच्छृङ्खल क्रियाकलापलाई निरुत्साही पार्ने काम गर्नुपर्छ ।
गाईजात्रालाई व्यवस्थित र अनुशासित बनाउन भदौ १२ गते भक्तपुर नगरपालिकाले एक सचेतना ¥याली ग¥यो । पर्व मनाउन बाधा हुने गरी बाटामा वारपार गरिएको तारको व्यवस्थापन गर्न, सडकमा थुपारिएको माटो हटाउन, जथाभावी पार्किङ नगर्न आदि आह्वानका साथ भएको सो ¥यालीमा नयाँ पिँढीको उपस्थिति सकारात्मक रह्यो । यहाँको पर्व, संस्कृति र संस्कार नयाँ पुस्तामाझ पु¥याउने लक्ष्य पनि सो ¥यालीको रहेको छ । जात्रामा कुनै पनि उच्छृङ्खल गतिविधि हुन नदिन, भक्तपुरको मौलिक जात्रा सहज ढङ्गले सम्पन्न गर्न, जात्रा स्थलमा सवारी साधन नराख्न, मादक पदार्थ सेवन नगर्न, संस्कृति मनाउन तर विकृति नफैलाउन, सडकको पेटीपेटी र बाटोमा पसल नराख्न पनि भनपाले आग्रह गरेको छ । जात्रा या संस्कृतिको नाउँमा हुने विकृति या पहिलेदेखिको चल्दै आएको मान्यताविपरीत प्रदर्शन नगर्न र नगराउनु पनि ¥यालीको ध्येय रहेको छ ।
गाईजात्रा देशभरका नागरिकहरूले अवलोकन गर्ने साझा पर्व हो । देशभरिका नागरिकहरू जात्राको साथै जीवित सङ्ग्रहालयको रुपमा परिचित सुन्दर भक्तपुर नगरको स्थिति बुझ्न पनि यस पर्वमा आउँछन् । यस पर्व अवलोकन गर्न स्वदेशी तथा विदेशी आगन्तुकहरू आउने हुँदा धेरै थोरै यहाँको आयआर्जन पनि हुन्छ । जात्रा आकर्षित भए पछिल्ला दिन पनि उनीहरू यहाँ आउनेछन् र यहाँको आयस्रोत बढ्नेछ । यहाँको जात्रा, पर्व, संस्कार, संस्कृतिबारे नयाँ पुस्तामाझ पु¥याउन र त्यसबारे सुसूचित गराउन भक्तपुर नगरपालिकाले विद्यालयमा पाठ्यपुस्तक तयार गरेको छ । यो सकारात्मक पक्ष हो । यही पर्वमा प्रस्तुत हुने परम्परागत नाचगान तथा आधुनिक विधामा भनपाले पुरस्कृत गर्ने व्यवस्था गरेको छ । त्यसको लागि विभिन्न ठाउँमा मूल्याङ्कन समितिले मूल्याङ्कन गर्ने व्यवस्था नपाले मिलाएको छ । यहाँका कुनै नाचगान लोप नहोस्, नाचगान नयाँ पुस्तामा हस्तान्तरण गर्न र गराउन तथा नाचगानको लागि आवश्यक पोशाक, गहना, वाद्यवादनको व्यवस्था होस् भन्ने ध्येय नपाको रहेको छ । यो अर्काे सकारात्मक पक्ष हो ।
भनपाले प्रत्येक वर्ष टोल टोलका सांस्कृतिक गुरुहरूलाई सम्मान गर्दै आएको छ । नाचगान र वाद्यवादनको सीप र अनुभव भएका अग्रजहरूको सम्मान अर्काे राम्रो पक्ष हो । जीवनभर निःस्वार्थपूर्वक विनापारिश्रमिक नयाँ पुस्तालाई नाचगान र वाद्यवादन सिकाउने गुरुहरूको सम्मान स्वागतयोग्य छ । सरकारले गर्नुपर्ने अग्रज गुरुहरूको सम्मान स्थानीय तहले गर्नु उपयुक्त नै मान्नुपर्छ । यहाँका वाद्यवादनको विकास र विस्तार गर्न नयाँ पुस्तामाझ हस्तान्तरण गराउन वाद्यवादनको प्रतियोगिता पनि नपाले गरिरहेको छ । यी विभिन्न पाइलाबाट नाचगान र वाद्यवादन नयाँ पुस्तामा हस्तान्तरण भइरहेको देखिन्छ । यसले यहाँका नाचगान र वाद्यवादनले जीवन्तता पाइरहनेछ । अतः नपाले थालेका यी विभन्न गतिविधिको निरन्तरता आवश्यक छ ।
Leave a Reply