भर्खरै :

झापा जग्गा काण्डबारे नेकाका सांसद रामहरी खड्काको भनाइ

झापा जग्गा काण्डबारे नेकाका सांसद रामहरी खड्काको भनाइ

तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालमा २०७६ माघ २६ गते गिरीबन्धु टीस्टेटको ५०० बिघा जग्गा अर्को ठाउँमा स्थानान्तरण गर्न सकिने भनी निर्णय गरियो । तत्पश्चात् माघ २८ गते राष्ट्रपतिबाट सो ऐन संशोधनमा लालमोहर लगाइयो भने पाँच महिनापछि असार २४ गते प्रम ओलीले गिरीबन्धु टीस्टेट जग्गा अन्यत्र सार्ने अनुमति दिए ।
यसको विरोधमा रिट निवेदन दर्ता भएपछि सर्वोच्च अदालतले २०७८ साल चैत ४ गते यथास्थितिमा राख्नु भनी गिरीबन्धु टीस्टेटलाई अन्तरिम आदेश दियो ।
२०२९ पुस ११ गतेको राजपत्रअनुसार गिरीवन्धु टीस्टेटको ५०० बिघा जग्गा कसैलाई दिन नपाउने र बेच्न नपाउने हो । तर, प्रम केपी ओलीको सरकारले अर्को ठाउँमा जग्गा स्थानान्तरण गराउने निर्णय गरी अर्बौँ रुपैयाँको चलखेल ग¥यो । अनारमणी नगरपालिका र विर्तामोड नगरपालिकाको ६५०० रोपनी महङ्गो जग्गा बेचेर अर्को ठाउँको सस्तो जग्गा किनेर कमिशन खाने माध्यम बनाइयो ।
यो न्यूरोडको जग्गा बेचरे ओखलढुङ्गाको जग्गा किन्नेजस्तो हो । बराबरी नै भनेर केपी ओलीका नजिकका व्यापारीलाई महङ्गो जग्गामा प्लटिङ गर्न लगाउने र त्यसको कमिसन खानेमा तत्कालीन सरकार लाग्यो ।
ललितानिवासको सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गरिएकोभन्दा बढी बदमासी यसमा भयो । ललितानिवासको जग्गा प्रकरणमा सीआइबीले अनुसन्धान गरेजस्तै यसमा पनि सीआइबी वा अख्तियारले अनुसन्धान गर्नु जरुरी छ । सर्वोच्च अदालतले ललिता निवासको जग्गा काण्डमा जोडिएका प्रमलाई कार्वाईको दायरामा ल्याउनु भनेको हुँदा गिरीबन्धु टीस्टेट काण्डमा जोडिएका प्रमलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ ।
प्रम पुष्पकमल दाहालले तत्कालीन प्रम केपी ओलीलाई गिरीवन्धु टीस्टेटको जग्गा प्रकरण, यति होल्डिङ्स, ओम्नी प्रकरण देखाएर टीआरसी विधेयक र फौजदारी अपराधलाई राजनीतिक आवरण दिई मुद्दा फिर्ता लिने अन्य विधेयक पारित गराउन खोज्दै छन् । भदौ १९ गते यही विषयमा कुरा गर्न प्रम दाहालले बालुवाटारमा केपी ओलीलाई बोलाएको समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *