भर्खरै :

ताज महलविरुद्ध द्वैषपूर्ण पक्षपात

उत्तर प्रदेशका भारतीय जनता पार्टीसम्बद्ध शासकहरुले मध्ययुगीन साम्प्रदायिक चिन्तन बोकेका छन् । संसारकै सबभन्दा सुन्दर भवन मानिएको ताज महललाई विवादमा तान्ने उनीहरुको प्रयासले यो कुरालाई पुष्टि गरेको छ ।
ताज महलको खेदो खन्ने कामको शुरुवात उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ स्वंयले गरेका थिए । यो वर्षको जुन महिनामा उनले ताज महल र उस्तै मुगल संरचनाहरुले भारतीय संस्कृति प्रतिविम्बित नगर्ने भनी बोलेका थिए । त्यस पछि उत्तर प्रदेशको पर्यटन विभागले प्रकाशित गरेको पर्यटन क्षेत्रसम्बन्धि पुस्तिकाबाट ताज महलको नाम नै हटाइयो । बरु त्यो पुस्तिकामा आदित्यनाथ स्वंय महन्थ रहेको गोरखनाथ मन्दिरलगायत हिन्दु धार्मिक स्थानहरुको नाम मात्र समावेश गरियो ।
ताज महललाई पर्यटन पुस्तिकाबाट हटाउने निर्णयको प्रतिरक्षामा भारतीय जनता पार्टीका सांसद संगीत सोमले ताज महलका निर्माता शाह जहाँले आफ्नो पितालाई कैदी बनाएको र हिन्दुहरुको हत्या गरेको भन्दै अमिल्दो अभिव्यक्ति दिए । त्यसकारण त्यो इतिहास मेटाउनु पर्ने उनको आशय थियो । सोमले शाह जहाँलाई औराँजेभको प्रसङ्ग जोड्न खोजे । आफ्नो पितालाई कैद बनाउने औराँजेभ थिए । सोम त्यही भाजपाका सांसद हुन् जो सन् २०१३ को मुज्जफरनगर दंगामा खेलेको भूमिकाका कारण बद्नाम छन् ।

उत्तर प्रदेशको पर्यटन विभागले प्रकाशित गरेको पर्यटन क्षेत्रसम्बन्धि पुस्तिकाबाट ताज महलको नाम नै हटाइयो । बरु त्यो पुस्तिकामा आदित्यनाथ स्वंय महन्थ रहेको गोरखनाथ मन्दिरलगायत हिन्दु धार्मिक स्थानहरुको नाम मात्र समावेश गरियो ।

यस्ता घिनलाग्दा अभिव्यक्तिको विरोधमा चर्को विरोध भएपश्चात आदित्यनाथ स्वंयले ताज महल भारतीय छोराहरु र श्रमिकहरुको ‘रगत र पसिना’ले बनेको र उत्तर प्रदेश सरकारले त्यो स्मारकको संरक्षणमा कदम चाल्ने भनी सम्भावित क्षति न्यूनिकरण गर्ने प्रयास गरे ।
भाजपा र राष्ट्रिय स्वंयसेवक दल(आरएसएस)ले मुगल कालका ऐतिहासिक स्मारकहरुको सन्दर्भमा आफ्ना रणनीतिक परिवर्तन गरेका छन् । यसअघि आरएसएसले ताज महल खासमा हिन्दु मन्दिर थियो भन्ने विचार प्रचार गर्ने गरेका थिए । यो विचारको प्रबद्र्धन पी एन ओकले गरेका थिए र उनले आफ्नो जीवनभर यही विचार प्रचार गर्दै रहे । मुसलमान स्मारक र मस्जिदहरुलाई हिन्दुहरुले बनाएको भन्नु हिन्दुवादी प्रचारको स्थायी मुद्दा हो । बाबरी मस्जिद बनाउन भत्काइएको राम मन्दिरलाई नै उनीहरुले आफ्नो प्रचारको मुख्य मसला बनाउँदै आएका छन् ।
भाजपा र आरएसएस आज आरामसँग सत्ता सम्हालेर बसेको समयमा मुगलकाल र त्यसअवधिका ऐतिहासिक स्मारकहरुसँग जोडिएको इतिहासविरुद्ध सिधा सिधा हमला गरिरहेका छन् । उनीहरु ती मुगलकालीन स्मारकहरुलाई भारतीय संस्कृतिसँग नजोडिएको र हिन्दु सभ्यताकालागि धब्बा भएको प्रचार गरिरहेका छन् ।
यो इतिहास पुनर्लेखन गर्ने बृहत् लक्ष्यको हिस्सा हो । उनीहरु ‘गौरवशाली हिन्दु इतिहास’ भन्दा बाहेकका सबै इतिहासलाई खराब कुराको रुपमा चित्रण गर्दैछन् अनि ती सबैलाई अँध्यारोमा कैद गर्न चाहन्छन् । ताज महललाई उपेक्षा गर्ने प्रयास द्वैषपूर्ण र पक्षपाती दृष्टिकोणको सबभन्दा राम्रो दृश्तान्त हो । यस्ता खोटपूर्ण विचारले उत्तर प्रदेशको छविलाई मात्र धमिल्याउने गर्दछ र भाजपा जनताबीच हाँसोको पात्र मात्र बन्नेछन् ।
दुर्भाग्यवश हिन्दुवादी हल्लाबाजहरुले उछालेको ताज महलविरोधी यो हल्लाको कुनै प्रभाव भने पर्न सकेको छैन । संसार र भारतकै लाखौं लाख मानिसहरुलाई ताज महलले आज पनि त्यत्तिकै आकर्षित गरिरहेको छ । संसारका मानिसहरुले ताज महलको महत्व बुझेका छन्–सौन्दर्य र प्रेमको एउटा भव्य स्मारक ।
भाकपा माक्र्सवादीको मुखपत्र पिपुल्स डिमोक्रेसीको सम्पादकीय
१८ अक्टोबर २०१७

Leave a Reply

Your email address will not be published. Required fields are marked *