भर्खरै :

वैदेशिक सहायताले देश आत्मनिर्भर नहुने

संसारका ठूल्ठूला मुलुकहरूको आ–आफ्नो दृष्टिकोण, विचार र मान्यता हुनु स्वाभाविक हो । कुनै ठूला देश अरू स्वाधीन र सार्वभौम देशलाई आक्रमण गरी ध्वस्त बनाउन चाहन्छ भने कुनै देश विश्वमा आतङ्क र ध्वस्त होइन विकास र शान्त गर्न चाहन्छ । संसारका सबै देशलाई विकासको ढोका खोल्न दिने देश र आतङ्क पार्दै देशभित्र कलह ल्याउने, आन्तरिक कलह चर्काएर आतङ्कित पार्ने र देश देश जुधाएर आनन्द लिने या हतियार बेचेर फाइदा लिने देश पनि संसारमा छन् । संसारका ठूला देशले स–साना देशलाई गर्ने विदेशी सहायता, आर्थिक सहयोगमा पनि दुई थरीको विचार पाइन्छ । कुनै देशले आफ्नो स्वार्थ पूरा गर्ने, आफ्नो देशको निम्ति भलो हुने सन्धि सम्झौता गराउन आर्र्थिक सहयोग गरेको हुन्छ भने कुनै देशले विकासमा सहयोग पु¥याउने उद्देश्यले सहयोग गरेको हुन्छ । एमसीसीको हवाला दिएर संयुक्त राज्य अमेरिकाले विकासको नाउँमा गरेको सहयोगमा देशघाती सर्त छ । नेपालको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउने, अमेरिकी सेनाले परेड खेल्न पाउने, नेपालको ऐन कानुनभन्दा एउटा अमेरिकी कम्पनीको ऐन माथि हुने जस्ता देश हितविपरीतको सर्त रहेको विकासभित्र गलत नियत या खराब गन्ध रहेको थाहा हुन्छ । विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकाले त्यस्तै कुत्सित कार्य गरिरहेका छन् ।
विदेशी सहयोग सबै गलत नियत या आफ्नो देशको स्वार्थ पूरा गर्न गर्छ भन्ने कुरा होइन । विदेशी सहायता देशको विकासमा सहयोग गर्ने हिसाबले गर्नु ठिक्कै हो । तर, विकास योजना र आर्थिक सहयोगको नाउँमा असमान सन्धि सम्झौता गर्ने, त्यो देशमा परेड खेल्ने, विदेशी सेना नेपालको सैनिक अखडाभित्र छोड्ने काम देशको निम्ति हानिकारक हुन्छ । देशको विकासको नाउँमा पठाउने विदेशी सहायतामा सर्तको आवश्यकता पर्दैन । देश विकासमा सहयोग पु¥याउन स्वच्छ मन र विचारले गर्ने सहयोग हरेक देशको लागि स्वीकार्य हुन्छ । तर, सहयोग देखाएर प्राकृतिक स्रोत र साधन हातमा लिने, जलस्रोत आफ्नो नियन्त्रणमा लिने, विदेशीले पनि सजिलैसँग नागरिकता लिन पाउने विधेयक ल्याएर नेपाल र नेपालीभन्दा विदेशी पोस्ने, विदेशीको फाइदा हुने सहयोगभन्दा बिचमा सरकार भुलिरहेको छ, फसिरहेको छ । यस्ता र शासकहरूको पछि लाग्ने दलहरूकै कारण देशमा विदेशी दबाब बढेको हो† रजाइँ भइरहेको हो ।
कुनै पनि देशका शासकहरू विदेशीले सहयोग गर्ला, केही गरौँला भनेर बसिरहनु उचित हुँदैन । विदेशी सहयोग पर्खेर बसेसम्म देशको मुहार फेर्ने छैन, विकासको गति उचाइमा पुग्ने छैन । समाजवादी देशमा विकासको निम्ति सरकार, पार्टी, सेना, जनता सबै जुट्छन् । तर, नेपालमा जनताको पसिनाले आर्जेको रकममा शासकहरू रजाइँ गर्छन्, भागबन्डा गर्छन् । अनि कसरी देश विकास हुन्छ ? वैदेशिक सहायताले कुनै पनि मुलुक आत्मनिर्भर बनेको छैन । देशले विकास नखोज्दा, विकासको पूर्वाधार तयार नगर्दा देश परनिर्भर भइरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *