भर्खरै :

शासकहरूको कारण युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य

शासकहरूको कारण युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य

काठमाडौँ, २४ भदौ । नेपाल क्रान्तिकारी युवा सङ्घ काठमाडौँको आयोजनामा भक्तपुर काण्ड (भदौ ९) को भत्र्सना एवं विरोध कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टीले नेपाली भूमि सुस्तामाथि इन्डियाको हस्तक्षेप र भियतनाममाथि अमेरिकी साम्राज्यवादको आक्रमणको विरोध गरेको हो । नेमकिपाले किसानहरूको पक्षमा बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन पनि गरेको हो । यसकारण, तत्कालीन पञ्चायती सरकारले नेमकिपाविरूद्ध झूटा मुद्दा खडा गरी भक्तपुर काण्ड रचेको हो ।”
शासक दलहरूको कारण नेपाली युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको हुँदा नेपालको कृषि उत्पादन बर्र्सेेिन ¥हास भएको र नेपाललाई चाहिने दाल, चामल, तरकारी इन्डियाबाट किनेर खुवाउनुपर्ने अवस्था आएको उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “चीनका महामहिम राजदूत छन सङले नेपालको हितमा दिनुभएको सुझावलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भयो भनी आपत्ति व्यक्त गर्नु उचित होइन । बरू संविधान घोषणा नगर्न इन्डियाको विदेश सचिव नेपाल आएर शासक दलका नेताहरूलाई दबाब दिएको र इन्डियाले नेपालविरूद्ध लगाएको नाकाबन्दी आपत्तिको विषय हो ।”
नेमकिपाका केन्द्रीय सदस्य सनकमान महर्जनले नाजीले कम्युनिस्टलाई दबाउन राइखस्टाग संसद् भवनमा आगलागी काण्ड रचिएजस्तै नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती व्यवस्थाले भक्तपुर काण्डको षड्यन्त्र रचेको बताउनुभयो ।
नेमकिपा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले भक्तपुर काण्ड फेरि पनि दोहोरिन सक्ने खतरा भएकोले कार्यकर्ता सजग हुनुपर्ने र देश र जनताको सेवामा लाग्न पछि हट्न नहुने बताउनुभयो ।
नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष मीनबहादुर बाटाले युवाहरू विदेशमा पठाउनु भनेको देशघात हो भन्नुभयो ।
कार्यक्रममा रमेश डंगोल, शान्त महर्जन र विशोक डंगोलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *