जुम्लामा भक्तपुर काण्डको विरोधमा जुलुस र कोणसभा
- भाद्र ९, २०८३
देशमा राजनीतिक परिवर्तन गर्नु त्यति सजिलो छैन, आमूल परिवर्तन झन् गा¥हो काम हो । राजनीति व्यापार र नोकरीजस्तो सजिलो छैन । अनुशासनमा नबस्ने, अस्थिर र फाइदा जता छ त्यता पल्किने अवसरवादीहरूमा स्पष्ट दृष्टिकोण हुँदैन; उनीहरू अडान फेर्छन् । अडान फेर्ने नेता तथा कार्यकर्ताहरू क्रान्तिकारी हुँदैनन्, देश र जनताप्रति समर्पित हुँदैनन् । अनेक परिस्थिति र अनुभवबाट राम्रो कार्यकर्ता तयार हुन्छन् भने तिनीहरू समाजवादी क्रान्तिका निम्ति लायक हुन्छन् । तर, त्यो समाजवादी क्रान्ति कुनै नेतालाई हतारिएर आउने होइन । समाजवादी क्रान्तिको निम्ति देशको भित्री र बाहिरी परिस्थिति अनुकूल हुनुपर्छ । आन्तरिक र बाह्य परिवेश मिलेपछि या वातावरण तयार भएपछि क्रान्तिको वातावरण तयार हुन्छ ।
राजनीतिक दलप्रति भित्री हृदयदेखि जनताको विश्वास हुनुपर्छ । आ–आफ्नो निर्वाचन क्षेत्रमा लाखौँ करोडौँ रुपैयाँ बाँडेर, सामान उपहार दिएर, लोभलालच देखाएर कुनै दलले पार्टीप्रति विश्वास दिलाउँछ भने त्यो दल असल हुन सक्दैन† सिद्धान्त र विचारप्रति समर्पित हुँदैन न त त्यसका नेताहरू नै इमानदार, सिद्धान्तनिष्ठ र दृढ अडानका हुन्छन् । पैसा, जातजाति, भाषा र बलको भरमा निर्वाचनमा जितेर दलले जनताको विचार र भावना जितेको मानिँदैन । यसले न त राजनीतिकरूपले जनताको सचेत पारेको नै ठहर्छ । शासक दलहरू निर्वाचनलाई प्राथमिकता राखेर गतिविधि गर्छन् । तर, नेमकिपा सिद्धान्त र विचारको राजनीति गर्छ । सिद्धान्त र विचार जनतामाझ पु¥याउन प्रचारात्मक कार्यक्रम गर्छ; निःस्वार्थरूपले जनताको सेवा गर्न उत्प्रेरित गर्छ । जनताको मनमा चोट लाग्ने काम कुरो गर्दैन । उनीहरू एक राजनीतिक कार्यकर्ता, समाजसेवीको रूपमा काम गर्छन् । त्यसैले उनीहरूप्रति जनताको विश्वास हुन्छ । जनताको विश्वास प्राप्त व्यक्तिहरू सबैका प्रिय हुन्छन् । यो असल कार्यकर्ताको गुण हो । त्यस्तो गुण कार्यकर्ता सबैमा हुनुपर्छ ।
पुँजीवादी दलहरू निर्वाचनको परिणामलाई सबथोक ठान्छन् । त्यसैले, उनीहरू जे जस्तो कार्य गरेर भए पनि जित्ने प्रयास गर्छन्† साम, दाम, दण्ड र भेदको नीति अँगाल्छन् । मतदाताहरू राजनीतिकरूपले सचेत नभएसम्म पुँजीवादी शासक दलका नेताहरू यस्ता अनेक छलछाम गरिरहन्छन् । सर्वसाधारण जनता पनि आफ्नो प्रतिष्ठा, इज्जत र नैतिकताको ख्याल गर्दैनन् र पैसामा बिक्छन् । यो देशभरिकै समस्या हो । यस्तो समस्या हल गर्ने काम राजनीतिक दलको हो । तर, सत्तासीन र ठूला राजनीतिक दलहरू त्यही बाटोमा लाग्छन्, बाटोमा लागेर स्वच्छ राजनीतिलाई बिगार्ने काम गर्छन् । दीर्घकालीन हितबारे जानकारी नभएसम्म मतदाता तत्कालीन हित र स–साना स्वार्थमा लोभिन्छन् । तर, समाजलाई फोहर बनाउनु पुँजीवादी पार्टीहरूको उद्देश्य हो । यसकारण, नेमकिपाले दीर्घकालीन हितको निम्ति बहुमत जनताको पक्षमा सङ्गठन गर्दै, सचेत पार्दै आएको हो ।
Leave a Reply