अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ८ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उच्च शिक्षाको जग नै आधारभूत विद्यालय भएको बताउँदै शिक्षाको जग राम्रो बनाउन आधारभूत विद्यालयहरूलाई स्तरीय बनाउनु आवश्यक भएको स्पष्ट पार्नुभयो ।
जनसेवा आधारभूत विद्यालयको ४५ औँ वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै प्रमुख प्रजापतिले शिक्षा विधेयकमार्फत जिल्ला शिक्षा कार्यालयको पुनःस्थापना गर्न खोज्नु सङ्घीयता र संविधानविरोधी प्रतिगामी कदम भएको बताउनुभयो ।
नेपालको संविधान २०७२ ले मावि तहसम्मको शिक्षाको एकल अधिकार स्थानीय तहलाई दिएको उल्लेख गर्दै उहाँले संविधानले प्रदान गरेको त्यो अधिकार कुनै पनि बहानामा कसैले पनि खोस्न नमिल्ने बताउनुभयो ।
नेपालमा सङ्घीयताका सकारात्मक र नकारात्मक पक्षबारे बौद्धिक क्षेत्र र जनताबिच व्यापक छलफल र अन्तरक्रिया नहुँदा सङ्घीयताको भावना र मर्मअनुसार काम हुन नसकिरहेको उहाँले प्रस्ट पार्नुभयो ।
विद्यालयका प्रअ कृष्णप्यारी दुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा स्थानीय समाजसेवी, बुद्धिजीवीहरूको अतुलनीय योगदान रहेको बताउँदै विद्यालयको भावी योजना तथा कार्यक्रमबारे चर्चा गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नगरपालिकाले शिक्षा, संस्कृति, पर्यटन, खेलकुदलगायतका क्षेत्रमा गरिरहेको गतिविधिबारे अवगत गराउँदै विद्यार्थीहरूलाई घोकन्ते शिक्षाभन्दा व्यवहारिक शिक्षा दिनु आवश्यक भएको बताउनुभयो ।
आधारभूत विद्यालय समितिका अध्यक्ष दीपक माकले शिक्षामा अरू नगरपालिकाले गर्न नसकेको काम भक्तपुर नगरपालिकाले गरिरहेको बताउँदै भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउन आधारभूत विद्यालय समिति अग्रसर भएर लागिरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ४ का पूर्ववडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका संस्थापक राजाराम सुवालले पनि बोल्नुभएको थियो । अतिथि प्रजापतिले विद्यालय स्थापनाकालदेखिका संस्थापक र शिक्षकहरूलाई सम्मान र मायाको चिनो प्रदान गर्नुभएको थियो । वार्षिकोत्सवकै अवसर पारेर वर्षका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा गरिब र इमानदार विद्यार्थीहरूलाई विद्यालयको तर्फबाट छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
Leave a Reply