भर्खरै :

जनप्रतिनिधिको अधीनमा नबस्ने भन्ने कुरा नाजायज

जनप्रतिनिधिको अधीनमा नबस्ने भन्ने कुरा नाजायज

संविधानमा उल्लेख भएअनुसार विद्यालय शिक्षा स्थानीय निकाय क्षेत्राधिकारमा दिने भनिएपछि शिक्षकहरू आन्दोलित बन्नु एउटा कारण रहेको छ । पालिका प्रमुख र वडा अध्यक्षको मातहतमा शिक्षकहरू रहन नसक्ने उनीहरूले भनिरहेका छन् । अनपढ, कम योग्यता, औँठा छाप जनप्रतिनिधिहरूको सामु आफूहरू झुक्नुपर्ने हुँदा शिक्षा विधेयकको विरोध गरेको आन्दोलित शिक्षकहरूले बताएका छन् ।
मतदाताको घरघरमा पुगेर सँगै बसी भोजभतेर खाएको दृश्य पनि हामीले देख्यौँ । एमाले, काङ्ग्रेस, माओवादीलगायत शासक पुँजीवादी दलहरूप्रति आस्थावान शिक्षकहरू आचारसंहिता नै उल्लङ्घन गरेर जोडतोडले निर्वाचनमा उम्मेदवारलाई जिताउन लागिपरे । माउ पार्टीहरू निर्वाचन आचारसंहिता बनाउँछन् र तिनै दलगत आस्थावान शिक्षकहरू नियम उल्लङ्घन गर्न अग्रपङ्क्तिमा देखिए । व्यक्तिगत स्वार्थ पूर्तिको निम्ति त्यस्ता शिक्षकहरू भ्रष्ट नेताहरूलाई जिताउन लागिपरे । आफ्ना पार्टीका उम्मेदवारलाई जिताउन आँखा चिम्लेर लाग्ने अनि त्यही विजयी जनप्रतिनिधिको अधीनमा आफू नबस्ने भन्ने कुरा नाजायज हो । इमानदार, शिक्षित व्यक्ति राजनीतिमा आउनुपर्दछ र राम्रो, शिक्षित व्यक्ति शासन सत्ता समाल्न पुग्नुपर्दछ । तबमात्र सबैको हित हुनेछ ।
राजनीतिक दलबाट फटाहा, भ्रष्ट व्यक्ति निर्वाचित भएपछि उसको कार्य र व्यवहारविरुद्ध आन्दोलन हुनु स्वाभाविक हो । शिक्षक महासङ्घको काठमाडौँकेन्द्रित आन्दोलन त्यस्तै भएको सबैले महसुस गरेका छन् । शिक्षक महासङ्घको आन्दोलनप्रतिको धेरै टीका टिप्पणीले यही बुझाउँछ । प्रतिष्ठित शिक्षक पेसा केही बुर्जुवा स्वार्थी शिक्षकहरूको कारण मान, प्रतिष्ठा गुम्न पुगेको सचेत नागरिकको बुझाइ छ । सोझा, इमानदार शिक्षकहरू यसको घानमा पर्नु विडम्बना हो ।
शिक्षा क्षेत्रमा थुप्रै कमीकमजोरीहरू छन् । सोझा, इमानदार शिक्षकहरू आफ्नो पेसामा पनि शोषित, पीडित हुनुपरेका छन् । सार्वजनिक शैक्षिक संस्थाहरू कमजोर बनाएर आफ्नो लगानीमा खोलेका निजी स्कूलहरू उकास्न स्वार्थी टाठाबाठा शिक्षकहरू नै लागिपरेको जनगुनासो छ । आफ्ना बच्चाहरू निजी महँगा स्कूलहरूमा पढाउने शिक्षकहरू पनि छन् । सेवा सुविधा भोगी शिक्षकहरूका कारण शैक्षिक अराजकता बढ्दै गएको सचेत जनमानसमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *