अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
सत्तासीन दलका नेता र मन्त्रीहरूको काम के सिंहदरबार पुगेर कुर्सीमा आसन गर्नुमात्र हो ? नेताहरू कुर्सीमा बसेपछि के आफ्नो जिम्मेवारी पूरा हुन्छ ? देशमा जनपक्षीय काम गरेर जनताको विश्वास जित्नुपर्ने सत्तासीन दलले सानातिना सुधारात्मक या विकासका योजनाहरू बाहेक के काम गरेको छ र ? सरकारको कार्यशैलीप्रति सत्तासीन दलका नेताहरू नै सन्तुष्ट छैनन् । तिनीहरू न दलको कार्यशैलीप्रति सन्तुष्ट छन् न त सरकारको कार्यशैलप्रति नै सन्तुष्ट छन् । सत्तासीन र ठूला दलहरूको केन्द्रीय समितिको बैठकमा सरकारले काम गर्न नसकेको र दलहरू सिद्धान्तअनुसार अघि नबढेकोमा तिनै दलका नेताहरू विरोध गर्छन् । आफ्नै दलका नेताहरूलाई चित्त बुझाउन नसकेको सरकार र दलले जनतालाई कसरी विश्वास दिलाउन सक्छन् ?
हुन पनि अहिले भ्रष्टाचारको मुद्दामा शिथिलता आएको छ । अपराधीहरूलाई माफी दिनैपर्ने परम्पराजस्तो ठानिएको छ । कहिले संविधान दिवस त कहिले गणतन्त्र दिवसको नाउँमा सरकारले प्रत्येक वर्ष अपराधीहरूलाई छोडेर खुसी पार्ने काम गरिरहेको छ । ललिता निवासको जग्गा व्यक्तिले कब्जा गरेकै हो, भवन बनाएकै हो । नेपालीहरूलाई भुटानी शरणार्थी बनाएर कसैले संयुक्त राज्य अमेरिका पठाएकै हो । काम आर्थिक लेनदेन नभइकन त्यस्तो खाल आपराधिक घटना घट्दैन । भ्रष्टाचारका दोषीलाई उन्मुक्तिको मार्ग प्रशस्त गर्ने काम के सरकारले गरिरहेको छैन ?
देशमा बेथिति, अव्यवस्था, विधिविहीनता र भ्रष्टाचारले ठाउँ पाइरहेकोमा शङ्का छैन । जनतामा नयाँ आशा, विश्वास र भरोसाको प्रत्याभूति छैन । जनता सुरक्षित छैनन् । सरकारले जनतालाई राहत दिन नसकेको यथार्थ हो । सरकार र सत्तासीन दलले गरेका वाचा या प्रतिबद्धता पनि पूरा गर्न सकेका छैनन् । शैक्षिक स्थिति झन्झन् गए गुज्रँदै गएको छ । जनतामा आशा, उमङ्ग र भरोसाको अनुभूति छैन । योजना समयमा कार्यान्वयन हुँदैन । विकास योजनामा कामभन्दा बढी चुहावत हुन्छ । कुनै विकास योजनालाई नै सत्ताधारीका मानिसहरू आम्दानी गर्ने स्रोत ठान्छन् र यथेष्ट आय आर्जन गर्छन् । उनीहरू योजनाको जिम्मा लिएर अकुत सम्पत्ति कमाउँछन् र पार्टीलाई चन्दा दिन्छन् ।
सत्तासीन दलका नेता र मन्त्रीहरू जिम्मेवार बनेनन्; अपराधी या दोषीलाई कारबाही गरेर सुशासन कायम गर्ने प्रयासै गर्दैनन् । कसैले गरेको गलत कामको कारबाही त के उनीहरू विरोध पनि गर्दैनन् । अपराधीहरू दण्डित नभएपछि देशमा कसरी सुशासन स्थापित हुन्छ ? जनता कसरी सुरक्षित हुन्छन् ? नेकाका नेता अर्जुननरसिंह केसी देश असफलता र सामाजिक मनोविज्ञान अराजकतातिर धकेलिरहेको स्वीकार्छन् । सत्तासीन नेताहरूको यो चिन्ता र चासोले पनि देश निश्चित गन्तव्यतर्फ गइरहेको छैन भन्ने थाहा हुन्छ । अनि देश कसरी समृद्धि हुन्छ ? देशमा कसरी भ्रष्टाचार नियन्त्रण हुन्छ ? के यो सत्तासीन दलका नेताहरू गैरजिम्मेवार बनेका होइनन् ? के देश अधोगतितर्फ गइरहेको होइन ? यसका जिम्मेवार सत्तासीन दलका नेताहरू नै हुन् ।
Leave a Reply