नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
शीतयुद्धका बेलाबेला खतरनाक क्षण आइरहन्थे । जोन केनेडी र निकिता ख्रुश्चेभ, त्यस्तै रोनाल्ड रेगन र मिखाइल गोर्भाचेभले ती सङ्गीन घडीमा समाधान निकाले । सन् १९९० मा जर्ज एच. बुशले ‘युरोपलाई पूर्ण र मुक्त’ गर्ने कुरा उठाए । उनले नयाँ ‘भान्कुभरदेखि भ्लादिभोस्तकसम्म सुरक्षा नीति’ को कुरा गरे । त्यस्तै सन् १९९२ मा एक सभालाई सम्बोधन गर्दै बोरिस एल्सिनले भने, ‘ईश्वरले अमेरिकालाई आशीष देऊन् ।’
त्यसो भए कहाँनिर गल्ती भयो ? हामी फेरि पनि आणविक युद्धको कुरा किन गर्दै छौँ ? वासिङ्टनले पुटिन र ‘सोभियत साम्राज्य’ ब्युँताउने उनको आकाङ्क्षालाई दोष दिनुपर्ने भन्दै छ । यता मस्को भने अमेरिकी वर्चस्वमुनि विश्वमा एकध्रुवीय शासन चलाउने वासिङ्टनको चाहनातिर औँला सोझ्याउँदै छ ।
यहाँ म आफ्ना धारणाबारे चर्चा गर्दै छु । मसँग फरक मत राख्नेहरूसँग म छलफल गर्न तयार छु । यस्तै छलफलबाट हामी नयाँ विचारसम्म पुग्न सक्छौँ र सायद लोप हुनबाट जोगिन सक्छौँ ।
१९९१ डिसेम्बर २५
क्रेमलिनबाट सोभियत झन्डा हट्यो । रुसको सेतो–निलो–रातो झन्डा फहरियो । संरा अमेरिकाको झन्डामा पनि यिनै रङ पाइन्छन् । शान्ति, मित्रता र परस्पर लाभ हुने साझेदारीको नौलो युगको आरम्भ भएजस्तो देखियो । दुःखको कुरा त्यो हुन सकेन ।
सन् १९९३–२००१
बिल क्लिन्टन । २० औँ शताब्दीको सबैभन्दा ठूलो लुटपाट । नेटो विस्तार ।
अमेरिकी मिडियामा ‘रसियागेट’ भन्ने नयाँ शब्द पस्यो । सन् २०१६ मा हिलारी क्लिन्टन राष्ट्रपति निर्वाचनमा पराजित हुँदा पनि यो शब्दको चर्चा भएको थियो । उनले आफ्नो पराजयको लागि रुसलाई जिम्मेवार ठह¥याउन खोजिन् । यो शब्द सुरुमा ‘वासिङ्टन पोस्ट’ पत्रिकाका संवाददाता डेभिड इग्नाटियसले प्रयोग गरेका थिए । उनी अहिले रुसका सबैभन्दा कट्टर आलोचक हुन् । सन् १९९९ मा ‘वासिङ्टन पोस्ट’ मा उनको लेख ‘रुसलाई कसले लुट्यो ?’ छापिएको थियो । लेखमा उनले रुसमा भएको अर्बौँअर्बको लुटको विषयमा सबैभन्दा तीक्ष्ण खुलासा गरेका थिए । त्यो लुटपाट बैंक अफ न्युयोर्क र क्लिन्टन सरकारको मिलेमतोमा गरिएको थियो । इग्नाटियसले लेखे, ‘खुला बजारको नाममा धनाढ्यहरूलाई रुसको सम्पदा लुट्न खुला छुट दिइएको छ । केही मूल्यवान भेट्यो कि ती धनाढ्यमार्फत रुसको धनलाई तिनका विदेशी बैङ्क खातामा जम्मा गरिँदै छ । यसो गरेर संरा अमेरिकाले समाजवादबाट रुसको सङ्क्रमणमा विष घोल्दै छ । यो घटनाको सबैभन्दा ठूलो दुःख के हो भने क्लिन्टन सरकारले रुसको सबैभन्दा अमूल्य धन गुमाउँदै छ । ७० वर्षे कम्युनिस्ट शासनबाट बाहिरिँदै गर्दा अमेरिकाले रुसी जनताको आदर्शवाद र सदासयता गुमाउँदै छ । रुसको पराजयले हामीलाई पुस्तौँपुस्ता राम्ररी सुत्न दिनेछैन ।’
क्लिन्टन सरकारको विषयमा सन् २००० सेप्टेम्बरमा एउटा संसदीय प्रतिवेदन प्रकाशित भएको थियो । उक्त प्रतिवेदनमा रुसमा क्लिन्टन सरकारले गरेका कुकर्महरूको बेलिबिस्तार छ ।
क्लिन्टनले रुसको सन् १९९६ को राष्ट्रपति निर्वाचनमा पनि ठूलै चलखेल गरेका थिए । त्यसपछि उनले नेटोलाई पूर्वमा विस्तार गर्न थाले । धेरै प्रसिद्ध विज्ञहरूले उनलाई त्यसो नगर्न सुझाव दिएका थिए । अमेरिकी सरकारमा पहिले काम गरेका पूर्व अधिकारी, संसद् सदस्यहरू तथा कूटनीतिज्ञहरूले त्यो सुझाव दिएका थिए । उदाहरणको लागि ‘हतियार नियन्त्रण सङ्घ’ का ५० सदस्यहरूले क्लिन्टनलाई पत्र नै लेखेका थिए । पत्रमा भनिएको थियो, ‘यहाँ हस्ताक्षर गर्ने हामी सबैको विश्वास के छ भने नेटोलाई विस्तार गर्ने अहिलेको अमेरिकी सरकारको प्रयास ऐतिहासिक दृष्टिले गलत नीति हो । नेटोको विस्तारले हाम्रो साझा सुरक्षामा कमी आउनेछ र युरोपको स्थीरता भताभुङ्ग हुनेछ ।’
संसदीय छलफलका क्रममा न्युयोर्कका डेमोक्रेट सांसद डेनियल प्याट्रिक मोइनिहानले भने, ‘हामी फेरि हात हालाहालको स्थितिमा पुग्नेछौँ ।’ उनले भने, ‘हामी आणविक युद्धको कुरा गर्दै छौँ । कति विरोधाभाषपूर्ण कुरा छ, शीतयुद्धको अन्त्यसँगै हामी अन्तिम आणविक युद्धको सङ्घारमा पुग्न सक्छौँ ।’
डेलावरका सांसद जोसेफ बाइडेनले मोइनिहानलाई ‘संसद्का एकमात्र र सबैभन्दा समझदार र सुसूचित सांसद’ भन्दै आफू उनीसँग सहमत हुन नसक्ने बताए । जोसेफ बाइडेनले नेटोको विस्तार गर्नुपर्ने धारणा राखे ।
अमेरिकाका एक वरिष्ठ कूटनीतिज्ञ जर्ज केन्नानले नेटाको विस्तारलाई ‘विदेशनीतिमा घातक गल्ती’ भने ।
सन् २००१–२००९
जर्ज डब्लु बुश सत्तामा आए । सेप्टेम्बर ११ मा ट्वीन टावरमा आतङ्ककारी हमला भयो । पुटिनले अमेरिकालाई सहयोग पठाए । त्यसको बदलामा उनले इराक युद्ध पाए । अमेरिका ‘एबीएम’ सन्धिबाट बाहिरियो । सोभियत सङ्घबाट टुक्रिएका देशहरूमा धमाधम रङ्गीन विद्रोह (प्रतिक्रान्तिहरू) भए । अमेरिकी प्रभाव पूर्वतिर सर्दै युक्रेन र जर्जियासम्म आयो । यी दुवै देशलाई नेटोमा तान्ने कसरत भयो । पुटिनको सहयोगको गुन अमेरिकाले यसरी ति¥यो ।
अमेरिकाको अफगान कारबाहीमा पुटिनले समर्थन जनाएका थिए । त्यसको एक महिनापछि २००१ नोभेम्बरमा बुसले भने : ‘धेरै मानिसहरूले अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिबिच मित्रता हुनसक्छ भनेर सपनामा पनि सोचेका थिएनन् । विश्वलाई शान्तिपूर्ण बनाउन हामीबिच सहकार्य र विश्वासको नयाँ उत्साह स्थापित हुनसक्छ भन्ने कसैलाई लागेको थिएन । मैले उनलाई हाम्रो आँगनमा ल्याएँ किनभने विश्वको यो असल भागमा सबैलाई के थाहा छ भने हामी हाम्रा मित्रलाई मात्र आफ्नो घरमा बोलाउन सक्छौँ । उनी नयाँ शैलीका नेता र सुधारक हुन् । यस देशलाई म जति माया गर्छु, त्यति नै उनी आफ्नो देशलाई माया गर्छन् । विश्वलाई शान्तिपूर्ण बनाउन संरा अमेरिकासँग नजिकबाट काम गर्दै उनले ठूलो योगदान गर्नेछन् ।’
दुई कार्यकालभरि घातक काम गर्ने बुशले कति शालिन शब्द बोलेका थिए ¤ उनले इराक युद्ध गरे र सामरिक दृष्टिले निकै महत्वपूर्ण मानिएको आणविक युद्धविरोधी सन्धिबाट हात झिकेका थिए ।
सन् २००८ अप्रिलमा बुखारेस्ट सम्मेलन भयो । त्यहाँबाट घोषणा गरिएको नेटोको वक्तव्यमा युक्रेन र जर्जियालाई नेटो सैन्य गठबन्धनको सदस्य बनाउने कुरा लेखिएको थियो । यसलाई रुसले आफ्नो अस्तित्वको लागि खतरा देख्यो ।
सन् २००९–२०१७
बाराक ओबामा सत्तासीन भए । परिवर्तन हुने आशा एकैछिनमा सेलायो । युक्रेन हेर्ने जिम्मेवारी उनले आफ्ना उपराष्ट्रपति जो बाइडेनलाई सुम्पे । त्यो अधिकारको प्रयोग गरेर बाइडेनले सन् २०१४ फेब्रुअरीमा युक्रेनमा सत्तापरिवर्तन गराए । मैदानमा त्यसको सम्पूर्ण कमान भिक्टोरिया नुल्यान्डले सम्हालेकी थिइन् । यी सबै घटनाक्रमबाट बाइडेनले छोरा हन्टरमार्फत युक्रेन र विश्वका अन्य भागबाट परिवारको खातामा अकुत पैसा जम्मा गरे । हिलारी क्लिन्टन र अमेरिकाको खुफिया सरकारले ‘रसियागेट भाग–२’ सञ्चालन ग¥यो । त्यसमा परेर ट्रम्पको सरकार ढल्मलायो । रुस–अमेरिका सम्बन्ध सुधार गर्ने उनको प्रयासले हावा खायो ।
सन् २०१७–२०२१
डोनाल्ड ट्रम्प सत्तामा आए । उनलाई रुसको कठपुतली भएको आरोप लगाइयो । चार वर्षसम्म सास्ती खोपेपछि उनलाई वासिङ्टनबाट निकालियो । उनले दुइटा महाअभियोग झेले । बाइडेनको भर्चुअल चुनावी प्रचार र भ्रष्ट मिडियाको साथका कारण सन् २०२० मा ट्रम्प निर्वाचनमा पराजित भए । अमेरिकी मिडियाले त्यतिबेला हन्टर बाइडेनको कर्तुतलाई ट्रम्पको भनी देखाएर बाइडेनलाई जिताएको थियो ।
सन् २०२१–हालसम्म
जो बाइडेनको शासन सुरु भयो । रुसले २०२१ डिसेम्बरमा पारस्परिक सुरक्षा ग्यारेन्टीको प्रस्ताव राखेको थियो । त्यसमा युक्रेनलाई तटस्थ देशको मान्यता दिनुपर्ने कुरा थियो । बाइडेनले त्यो प्रस्ताव अस्वीकार गरे । नर्ड स्ट्रीम पाइपलाइन ध्वस्त पारियो । बाइडेनले रुसलाई रणनीतिक रूपमै नराम्ररी धुलो चटाउने लक्ष्य हासिल हुने घोषणा गरे । उनले युक्रेनले ‘लिनसकेसम्म’ लगातार अर्बौँ डलरको सहयोग दिइरहेका छन् ।
पछिल्लो एक भाषणमा युरोपेली संसद्को विदेश मामिला समितिमा नेटो महासचिव येन्स स्तोल्टेनबर्गले युक्रेन युद्ध नेटो विस्तारकै परिणाम भएको स्वीकार गरे । आफ्नो टिप्पणीमा उनले भने, ‘सन् २०२१ को शरदमा पुटिनले एउटा मस्यौदा सन्धि पठाएका थिए । उनी नेटोले आफ्नो आकार कहिल्यै नबढाओस् भनी ग्यारेन्टी चाहन्थे । उनी सन् १९९७ यता नेटोमा संलग्न भएका सम्पूर्ण सदस्य देशहरूमा तैनाथ हाम्रा सैनिक पूर्वाधारहरू हटोस् भन्ने चाहन्थे । यसको बदलामा बरु तिनलाई दोस्रो दर्जाको सदस्यता दिन सकिने उनको प्रस्ताव थियो । त्यसैले उनी नेटोलाई रोक्न, नेटोलाई आफ्नो सीमानजिक आउनबाट छेक्न युद्धमा गए । हामीले त्यो कुरा अस्वीकार ग¥यौँ ।’
जे होस्, पुटिन ‘एक इन्चपछि पूर्वतिर सर्नेछैनौँ’ भन्ने नेटोको वचन पालन भएको हेर्न चाहन्थे । यो वचन पश्चिमा देशका नेताहरूले रुसका तत्कालीन राष्ट्रपति गोर्भाचेभलाई दिएका थिए । जर्मनीको पुनः एकीकरणमा सोभियत रुसले सघाएपछि त्यो वचन दिइएको थियो । अमेरिकाको राष्ट्रिय अभिलेखालयमा यस्तो वचन दिइएको थियो भन्ने सरकारी दस्तावेज पढ्न पाइन्छ । रुसले अघि सारेको प्रस्तावको एउटा सबैभन्दा महत्वपूर्ण ‘युक्रेनलाई तटस्थ देश बनाउनुपर्ने’ बुँदामा सहमति जनाएर वासिङ्टन र नेटोले सम्झौतामा अग्रसरता लिन सक्थे र सदासयता देखाउन सक्थे । दुःखको कुरो, तिनीहरूले रुसको योजनालाई एकैबाजी लत्याए ।
निष्कर्ष
वासिङ्टनले किभलाई कूटनीतिक समाधान गर्नतिर लाग भनेर आदेश दिएपछि मात्र वर्तमान आणविक खतरा टर्नेछ । तर, जो बाइडेन राष्ट्रपतिको कुर्सीमा विराजमान रहेसम्म यस्तो आदेश जाने सम्भावना छैन । निजी रूपमा उनको धेरैथोक दाउमा छ । युद्ध टुङ्गेको हेर्न चाहने अमेरिकी जनताको हित उनको लागि दोस्रो दर्जाको विषय हो ।
तसर्थ, हामी अमेरिकीहरू अहिले दुइटा दौडमा छौँ । एक, अमेरिकी राष्ट्रपति निर्वाचनमा कसरी जाने ? दुई, मानव जातिको आमविनासलाई कसरी रोक्ने ? प्रमुख कुरा युक्रेन तटस्थ देश बन्नुपर्छ भन्ने हो । यसको बदलामा अमेरिकी जनताले आमविनासको बाटो रोज्छन् कि के गर्छन् ? हेर्न बाँकी छ ।
(एडवर्ड लोजान्स्की मस्कोस्थित अमेरिकन विश्वविद्यालयका अध्यक्ष हुन् ।)
स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक
Leave a Reply