यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १४ असोज । सम्पदाप्रेमी समाज र उपत्यकावासी व्यवस्थापन तथा सहयोग समितिले काठमाडौँ महानगरपालिका वडा नं. २६ ठमेलस्थित थँ बही (ठमेल) सार्वजनिक पोखरीमा निर्मित छाया सेन्टर भवनमा कूटनैतिक कार्यक्रमलगायत स्वदेशका कुनै पनि कार्यक्रम गर्न नदिन ध्यानाकर्षण गरेको छ ।
थाई राजदूतावासको आयोजनामा असोज १३ र १४ गते दुई दिन थाई फेस्टिभलमा सहभागी विदेशी कूटनीतिक व्यक्ति र सरकारको विरोध प्रदर्शन गर्दा प्रहरी हस्तक्षेप भएको थियो ।
परराष्ट्र मन्त्रालयमार्फत विदेशी राजदूतावासलाई सचेत गर्ने कार्यक्रम तय भएअनुसार परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरिएको हो ।
डेलिगेसनमा नारायण महर्जन, राजु कपाली, कुलनारायण डंगोल, अशोक वज्राचार्य, महेश वज्राचार्य, सुरेश प्रधान, पृथबिन्दु महर्जन सहभागी हुनुभएको थियो ।
प्रतिनिधिमण्डलले असोज १३ गते गरेको प्रहरी दमनको विरोध गर्दै ऐतिहासिक पोखरी मासेर बनाएको छाया सेन्टरमा कुनै पनि देशको कूटनीतिक निकायको कार्यक्रम गर्न नदिन परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गरेको थियो ।
मन्त्रालयको तर्फबाट उपसचिव हरिहर पौडेल र सहसचिव कृष्ण ढकालले सम्पदा देशकै सम्पत्ति हो, कसैले मास्नु हुँदैन भन्नुभयो ।
प्रमण्डले उपत्यकावासी व्यवस्थापन तथा सहयोग सङ्घर्ष समितिको ध्यानाकर्षण पत्र परराष्ट्र मन्त्रालयको सचिवालयमा दर्ता गरेको थियो ।
Leave a Reply