नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
ब्रिक्स सङ्गठनमा ६ वटा नयाँ देशको समावेशले विकासोन्मुख देशहरू संस्थागत सहयोगको नयाँ चरणमा प्रवेश गरिरहेको सङ्केत गर्दछ ।
(सम्पादकको टिप्पणी : हालका वर्षहरूमा संसारले धेरै परिवर्तन र झट्काहरू पार गरेको छ । विश्वले सामना गरिरहेका धेरै समस्याहरूमा पारस्परिक समझदारी निर्माण गर्न चीन र विदेशका विद्वानहरूबिच परिष्कृत संवाद आवश्यक छ । यस उद्देश्यका लागि चाइना वाच, इन्स्टिच्युट अफ चाइना डेली र नेशनल इन्स्टिच्युट फर ग्लोबल स्ट्राटेजी, चाइनिज एकेडेमी अफ सोसल साइन्सेसले संयुक्तरूपमा यो विशेष स्तम्भ प्रस्तुत गरेको छ । विश्वव्यापी महत्वका दीर्घकालीन रणनीतिक मुद्दाहरूमा ताजा दृष्टिकोण, विश्वव्यापी रणनीति संवादमा चीन र विदेशका विशेषज्ञहरूले अन्तर्दृष्टिपूर्ण विचार, विश्लेषण र प्रस्तुत गरेका छन् ।)
ठूला शक्तिहरूबिच बढ्दो प्रतिस्पर्धाको बिचमा विकासोन्मुख र विकासशील देशहरू अर्थात् ग्लोबल साउथले आफ्नो रणनीतिक मूल्य प्रमाणित गरेको छ र अन्तर्राष्ट्रिय परिस्थितिमा गहिरो प्रभाव पार्दै महत्वपूर्ण राजनीतिक शक्ति बनेको छ । १९९० को दशकमा ग्लोबल साउथको सामूहिक आर्थिक वृद्धिपछि, युक्रेन सङ्कटले समूहको राजनीतिक जागरणलाई थप प्रज्ज्वलित गरेको छ र ग्लोबल साउथले नयाँ विकास प्रवृत्तिहरू देखाउँदैछ ।
पहिलो, आर्थिक वृद्धिलाई गति दिने । यस सह–शताब्दीको सुरुदेखि नै विकासोन्मुख देशहरूको उदयले गति लिएको छ । २००८ को अन्तर्राष्ट्रिय वित्तीय सङ्कट र २०२० मा कोभिड–१९ महामारीबाट गम्भीर धक्काहरूको बावजुद, ग्लोबल साउथले आफ्नो विकासलाई दिगो मात्र राखेको छैन बरु विकासको गति पनि कायम पनि गरिरहेको छ ।
अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार क्रयशक्तिको समानतामा आधारित, विकसित देशको तुलनामा उदीयमान बजार र विकासशील अर्थतन्त्रले सन् २००८ मा विश्वको कुल गार्हस्थ उत्पादनको ५१.३ प्रतिशत हिस्सा ओगटेको थियो । २०२२ मा, शेयर बढेर ५८.३ प्रतिशत पुगेको छ, जुन विकसित अर्थतन्त्रको तुलनामा १६.५ प्रतिशत अङ्कले बढी छ । बजार विनिमय दरहरूमा गणना गर्दा, २०२२ मा शेयर ४२.५ प्रतिशत थियो, २००० को तुलनामा २१.६ प्रतिशत अङ्कले बढ्यो ।
दोस्रो, राजनीतिक स्वायत्ततालाई बलियो बनाइयो । युक्रेन सङ्कटपछि ग्लोबल साउथमा बढ्दो सङ्ख्यामा देशहरूले अन्धाधुन्धरूपमा पश्चिमलाई पछ्याउन छोडे । बरु, तिनीहरूले आफ्नो ठूलो राजनीतिक स्वायत्तता प्रदर्शन गर्दै पश्चिमभन्दा फरक राजनीतिक स्थिति र प्रस्तावहरू व्यक्त गर्न थाले । ग्लोबल साउथका धेरै देशहरूले युक्रेन सङ्कट समाधान गर्न सैन्य सहयोगको प्रयोगको विरोध गर्छन् र एकपक्षीय प्रतिबन्धको सट्टा बहुपक्षीय समाधानको लागि आह्वान गर्छन् ।
तेस्रो, रणनीतिक मूल्यवृद्धि । ठूला शक्तिहरू ग्लोबल साउथमा जीत हासिल गर्न प्रतिस्पर्धा गरिरहेका छन् । फेब्रुअरी २०२३ मा म्यूनिख सुरक्षा सम्मेलनले दक्षिण–उत्तर सहयोगलाई समर्पित सत्र समावेश ग¥यो । यसले यसको २०२३ म्यूनिख सुरक्षा रिपोर्टमा ग्लोबल साउथलाई महत्वपूर्ण साबित ग¥यो । मे महिनामा हिरोशिमामा भएको जी–सेभेन (जी–सात) नेताहरूको शिखर सम्मेलनमा, ग्लोबल साउथमा पहुँच सुदृढ पार्नु मुख्य एजेन्डामध्ये एक थियो र केही ग्लोबल साउथ देशहरूलाई साझेदारको रूपमा भाग लिन आमन्त्रित गरिएको थियो ।
अन्तर्राष्ट्रिय व्यवस्थाको समायोजन र रूपान्तरणसँगै ग्लोबल साउथ एक उदाउँदो शक्ति बनेको छ र बढ्दो रूपमा महत्वपूर्ण भूमिका खेलिरहेको छ । पहिलो, यसले ठूलो शक्ति प्रतिस्पर्धामा सन्तुलनकर्ताको रूपमा कार्य गर्दछ । ग्लोबल साउथले बढ्दो सङ्ख्यामा अन्तर्राष्ट्रिय मामिलाहरूमा प्रमुख शक्तिहरूलाई सन्तुलनमा राख्न महत्वपूर्ण भूमिका खेलेको छ । उदाहरणका लागि ग्लोबल साउथका धेरै देशहरूले युक्रेन सङ्कटको सन्दर्भमा सन्तुलित र विवेकपूर्ण अडान अपनाएका छन्, शान्तिपूर्ण वार्ताको वकालत गर्दै र विश्वव्यापी विनाश निम्त्याउन सक्ने बढ्दो द्वन्द्वको विरोध गरेका छन् । यस्तो सन्तुलित अडानले कूटनीतिक तटस्थताको सङ्केत गर्दछ । ग्लोबल साउथको उद्देश्य एक स्थान बनाउनु र प्रमुख शक्तिहरूबाट समान दूरी कायम राख्नु हो, जबकि ग्लोबल नर्थ वा विकसित देशहरूले सक्रिय, जीवन्त र रचनात्मक विदेश नीतिको प्रतिनिधित्व गर्दछ ।
दोस्रो, ग्लोबल साउथले बहु–आयामी संसारमा खेलाडीको रूपमा भूमिका निर्वाह गर्छ । अन्तर्राष्ट्रिय अवस्था जटिल र बहुआयामिक छ । एक विशेष क्षेत्रमा लाभले देश वा देशहरूको समूहलाई महत्वपूर्ण शक्ति बनाउने गर्छ । देशहरू एक अर्कामा अत्यधिक निर्भर रहेको संसारमा, देशको शक्ति र प्रभाव बहुआयामिक मापदण्डहरूमा मापन गरिन्छ । विश्वको सीमित प्राकृतिक स्रोतहरूको कारणले गर्दा, ग्लोबल साउथका देशहरूले प्रायः आफ्नो लाभदायक क्षेत्रमा प्रभाव पार्छन् । उदाहरणका लागि प्रचुर ऊर्जा र महत्वपूर्ण खनिज स्रोतहरू भएका ग्लोबल साउथका केही देशहरूले स्रोत विकास र निर्यातमा स्वायत्तता बढाइरहेका छन्, जसले विश्वव्यापी आपूर्ति शृङ्खला र औद्योगिक नेटवर्कहरूमा बढ्दो महत्वलाई दर्शाउँछ ।
तेस्रो, ग्लोबल साउथले सभ्यताको विविधतालाई पनि बढावा दिन्छ । आजको विश्वले विविध सभ्यता, संस्कृति र मूल्यहरूलाई समेटेको छ । लामो इतिहास र समृद्ध सांस्कृतिक सम्पदा भएका ग्लोबल साउथका धेरै देशहरू अग्रगामी रहेका छन् । यद्यपि, तिनीहरूमध्ये केही विकसित राष्ट्रहरूले उपनिवेश बनाएका थिए र उनीहरूको सभ्यताको प्रगतिलाई ढिलाइ गर्न वा रोक्न बाध्य पारिएका थिए । आज ग्लोबल साउथको उदय थप सभ्यताहरूको पुनरुत्थान हो, जसले विश्वको उन्नतिमा बलियो गति प्रदान गरिरहेको छ ।
हालैका वर्षहरूमा उदीयमान बजारहरू र विकासोन्मुख देशहरूको नेतृत्वमा केही सहयोग संयन्त्रहरूले दक्षिण–दक्षिण सहयोगलाई प्रभावकारीरूपमा प्रवद्र्धन गर्दै र ग्लोबल साउथको अन्तर्राष्ट्रिय प्रभाव बढाउन सहयोग प्रदान गर्दै विस्तार गर्न जारी राखेका छन् । तीमध्ये विशेषगरी ब्रिक्स उल्लेखनीय छ ।
आफ्नो स्थापनाको सत्र वर्षपछि ब्रिक्स सबैभन्दा प्रभावशाली दक्षिण–दक्षिण सहयोग संयन्त्र बनेको छ र विश्वव्यापी मामिलामा संलग्न हुन ग्लोबल साउथको लागि महत्वपूर्ण मञ्च प्रदान गरिरहेको छ । ब्रिक्सको प्रतिनिधित्व बढाउन र दक्षिण–दक्षिण सहयोगको राम्रो मार्गदर्शन गर्न ब्रिक्सले ग्लोबल साउथमा आफ्नो विस्तार र सहयोगलाई बढावा दिइरहेको छ ।
२०११ मा ब्रिक्सले दक्षिण अफ्रिकालाई औपचारिक सदस्यको रूपमा स्वीकार गरेर पहिलो विस्तार ग¥यो । धेरै ग्लोबल साउथ देशहरूले ब्रिक्स संयन्त्रमा सामेल हुन खोजेकाले समूह विस्तार प्रक्रिया सुरु गर्न २०२२ को बेइजिङ शिखर सम्मेलन एक सहमतिमा पुग्यो । २०२३ मा, जोहानेसबर्ग शिखर सम्मेलनमा ब्रिक्सले साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, अर्जेन्टिना, इरान र इथियोपियालाई जनवरी १, २०२४ देखि औपचारिक सदस्य बन्न आमन्त्रित गर्ने निर्णय ग¥यो । समूहले भविष्यमा थप नयाँ सदस्यहरू संलग्न गर्ने योजना बनाएको छ ।
यसबाहेक, परिपक्व ब्रिक्स प्लस सहयोग मोडेलले दक्षिण–दक्षिण सहयोगलाई अगाडि बढाउन थप ग्लोबल साउथ देशहरूलाई संवाद मञ्च प्रदान गरेको छ । डरबनमा भएको २०१३ को ब्रिक्स शिखर सम्मेलनले ब्रिक्स देशहरूलाई उदीयमान बजारहरू, विकासोन्मुख देशहरू र महत्वपूर्ण अन्तर्राष्ट्रिय सङ्गठनहरूसँग खुला संवादमा संलग्न हुन संयन्त्रको सुरुवात ग¥यो । २०१७ को सियामेन शिखर सम्मेलनमा आधिकारिकरूपमा प्रस्ताव गरिएको, ब्रिक्स प्लस सहयोग मोडेल अन्य देशहरूसँग समान र लचिलोरूपमा संवाद तथा सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्य बनाएको थियो ।
सन् २०२२ को बेइजिङ शिखर सम्मेलनमा थप उदीयमान बजार र विकासोन्मुख देशहरूमा ब्रिक्स प्लस सहयोग विस्तार गर्दै अल्जेरिया, अर्जेन्टिना, इजिप्ट, इन्डोनेसिया, इरान, कजाकिस्तान, सेनेगल, उज्वेकिस्तान, कम्बोडिया, इथियोपिया, फिजी, मलेसिया र थाइल्यान्डका नेताहरूसँगै ब्रिक्सका नेताहरूले विश्वव्यापी विकाससम्बन्धी उच्चस्तरीय संवादमा भाग लिएका थिए । २०२३ मा जोहानेसबर्ग शिखर सम्मेलनमा संशोधन सबै अफ्रिकी देशहरू समावेश गर्न विस्तार गरिएको हो ।
ग्लोबल साउथका धेरै देशहरू ब्रिक्समा सामेल भई ब्रिक्सको आपसी सहयोगमा भाग लिएर, ब्रिक्स संयन्त्रले चार संस्थापक राष्ट्रहरूबिचको संवादको रूपमा आफ्नो मौलिक स्वरूपभन्दा बाहिर आएको छ, विश्वव्यापी मामिलामा संलग्न हुन ग्लोबल साउथको लागि प्राथमिक खुला मञ्चमा परिणत भएको छ । ब्रिक्समा ६ वटा ग्लोबल साउथ देशहरूको समावेशले पनि ग्लोबल साउथ संस्थागत सहयोगको नयाँ चरणमा प्रवेश गरेको सङ्केत गर्दछ ।
(लेखक चाइनिज एकेडेमी अफ सोसल साइन्सेजमा इन्स्टिच्युट अफ वल्र्ड इकोनोमिक्स एन्ड पोलिटिक्सका र सीएएसएसमा नेशनल इन्स्टिच्युट फर ग्लोबल स्ट्राटेजीका वरिष्ठ रिसर्च फेलो हुन् । लेखकले यो लेख चाइना वाच, चाइना डेलीद्वारा सञ्चालित थिङ्क ट्याङ्क परियोजनामा योगदान गर्दै लेख्नुभएको हो ।)
– चाइना डेली ग्लोबल
अनुवाद : प्रकाश
Leave a Reply