भर्खरै :

नगर प्रमुख प्रजापति र उपकुलपति बास्कोटाबिच भेट

नगर प्रमुख प्रजापति र उपकुलपति बास्कोटाबिच भेट

भक्तपुर, १६ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूमा नयाँ कार्यक्रमहरू सञ्चालन स्वीकृतिको लागि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको ध्यानाकर्षण गराउनुभएको छ ।
नगर प्रमुख प्रजापतिले उपकुलपति बास्कोटासँग मङ्गलबार उहाँको कार्यकक्षमा भेटी भक्तपुर नगरपालिकाले विभिन्न विषयका उच्च शिक्षा प्रदान गर्न शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आइरहेको र विद्यार्थीहरूको रुचिअनुसार विषय थप्दै लाने योजनाअनुरुप ख्वप कलेजहरूमा त्रिविअन्तर्गत नयाँ कार्यक्रमहरू थप गर्न सहजीकरणको लागि आग्रह गर्नुभएको हो ।
प्रमुख प्रजापतिले त्रिविले समयमै परीक्षा नलिने, ढिला परीक्षाफल प्रकाशित गर्ने, गलत परीक्षाफल प्रकाशित गर्ने र बन्द, हडताल तथा तालाबन्दीजस्ता गतिविधिले कलेज र विश्वविद्यालयप्रति नै विद्यार्थीहरूको आकर्षण घट्दै गएको बताउनुभयो ।
उहाँले नेपालको शिक्षा नीतिप्रति विद्यार्थीहरू असन्तुष्ट देखिएकै कारण बर्सेनि लाखौँ विद्यार्थीहरू विदेसिने क्रम बढ्दै गइरहेको बताउँदै विद्यार्थीहरूलाई आफ्नै देशमा अध्ययन गर्ने वातावरण सिर्जना गर्नेतर्फ त्रिविले समयमै ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
उपकुलपति बास्कोटाले नेपालको शिक्षा नीति सुधार गर्ने प्रयास गरिरहेको जानकारी गराउँदै नेपालको शिक्षा नीतिमा कमी कमजोरी भएकै कारण शिक्षा क्षेत्रमा बेथिति बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजलगायत सामुदायिक कलेजहरूमा नयाँ विषय थप गर्नेतर्फ आफू सकारात्मक रहेको बताउँदै उपकुलपति बास्कोटाले आफू सामुदायिक कलेजहरूलाई सबल र सक्षम बनाउने पक्षमा रहेको बताउनुभयो ।
नेपालमा हाल ११ सय २४ वटा कलेजहरू सञ्चालनमा रहेको बताउँदै उहाँले स्थानीय तहबाट सञ्चालित कलेजलाई आवश्यक सहयोग गर्न त्रिवि सधँै सकारात्मक छ भन्नुभयो ।
उक्त भेटमा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *