यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १७ असोज । जिल्ला प्रशासन कार्यालय, भक्तपुरले बुधबार जिल्लामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
विभिन्न दलका प्रतिनिधिहरूले हालै प्रमुख जिल्ला अधिकारी भई आउनुहुने रोशनीकुमारी श्रेष्ठलाई स्वागत गर्दै कार्यकाल उपलब्धिमूलक हुने तथा जिल्लावासीहरूको सेवा गर्न तत्परता देखाउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका भक्तपुर जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रशासनलाई अनावश्यक दबाब दिने या प्रभावमा राख्ने काम नेमकिपाबाट कहिल्यै पनि नभएको प्रस्ट पार्दै प्रशासनले जिल्लावासीको सेवामा निष्पक्ष ढङ्गमा कार्य सम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “तपाईं फर्किनुहुने बेला बेदाग छवि तथा राम्रो प्रभाव छोडेर जान सफलता मिलोस्, यही शुभेच्छा छ ।”
प्रदेश सांसद गोसाईले सडक दुर्घटनाको न्यूनीकरणका निम्ति आवश्यक सम्पूर्ण प्रबन्ध मिलाउन ढिला भइसकेको बताउँदै सडक बत्ती, ट्राफिक बत्ती, सीसी क्यामेरा आदिको सम्भार बेलैमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । चाडपर्वमा सडक अझ बढी असुरक्षित तथा अस्तव्यस्त हुनेतर्पm उच्च सतर्कता अपनाउनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । चाडपर्वमा हुने सम्भावित अपराध, भैm–झगडा, जुवातासजस्ता अवाञ्छित गतिविधि रोक्न प्रहरी प्रशासनको सक्रियता एवम् महत्वपूर्ण भूमिका आवश्यक भएको चर्चा गर्दै उहाँले अखाद्य, म्याद नाघेका तथा मिसावटयुक्त वस्तुको बिक्री वितरण रोक्न नागरिक सचेतना जरूरी भएको विचार व्यक्त गर्नुभयो ।
साइबर अपराध वृद्धि भइरहेको र सामाजिक सञ्जालको दुरूपयोगले समाजमा अराजकता बढिरहेको छ भन्दै त्यसबारे नयाँ पुस्तालाई विशेषरूपमा सचेत बनाउन प्रहरी प्रशासनका विज्ञ टोलीको परिचालन स्कूल तथा कलेजमा गर्न सुझाव दिनुभयो । ठाउँ–ठाउँमा चिकित्सक–नर्स कुटिएको खबरले संवेदनशील समुदाय अत्यन्त चिन्तित रहेको उल्लेख गर्दै उहाँले जिल्लामा त्यस प्रकृतिका घटना हुन नदिन सबैको सहयोग तथा समन्वय आवश्यक छ भन्नुभयो ।
प्रदेश सांसद गोसाईले आवास क्षेत्रमा उच्च भारवहन गर्ने गाडी प्रवेश निषेध गर्नु धेरै हिसाबले उपयुक्त हुने चर्चा गर्दै सार्वजनिक सम्पत्ति तथा जग्गा–जमीन संरक्षण गर्न ढिलाइ गर्दा जटिलता झन् बढ्ने धारणा राख्नुभयो ।
सहकारी क्षेत्रमा देखिएका गम्भीर समस्या, ठगीका काण्ड र त्यसले जन्माइरहेका अनेकौँ आर्थिक—सामाजिक द्वन्द्व एवम् चुनौतीतर्पm प्रशासनले तदारूकताका साथ ध्यान पु¥याउन पनि उहाँले सुझाव दिनुभयो । उहाँले नगरकोट सडक स्तरोन्नति अत्यन्त ढिलो भइरहेकोमा भक्तपुर जिल्लावासीको विरोध रहेको उल्लेख गर्दै चाँडोभन्दा चाँडो सम्पन्न गर्न पहल जरूरी भएको बताउनुभयो ।
प्रजिअ रोशनीकुमारी श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा एवम् सद्भाव कायम गर्दै विकास निर्माणको गुणस्तरीयता सुनिश्चित गर्न आफ्नो तर्पmबाट सम्पूर्ण प्रयास हुने वचनबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्लावासीको हित हुने कार्यमा सम्पूर्ण राजनीतिक दल तथा सरोकारवालाहरूबाट आवश्यक सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “म कुनै दबाब, प्रभाव तथा अभावमा काम गर्नेछैन । म पूर्ण छैन । तसर्थ, काम गर्दैै जाने क्रममा मेरोतर्पmबाट केही कमजोरी भएमा समयमै सुझाव दिनुहोस् । म सेवामा सदा हाजीर हुनेछु ।” उहाँले चाडबाड लक्षित सुरक्षासँग सम्बन्धित आवश्यक तयारी एवम् सुरक्षा निकायहरूबिच समन्वय अगाडि बढिरहेको जानकारी दिनुभयो ।
Leave a Reply