भर्खरै :

उत्तर अफ्रिकामा प्रकोपहरू : राहत प्रयासहरूलाई समर्थन गर्न विश्व तयार

उत्तर अफ्रिकामा प्रकोपहरू : राहत प्रयासहरूलाई समर्थन गर्न विश्व तयार

दुई उत्तर अफ्रिकी देश मोरक्को र लिबियामा भिन्नाभिन्नै प्राकृतिक विपदाका कारण केही दिनभित्रै ८,००० भन्दा बढीको मृत्यु भयो र हजारौँ अरू घाइते वा बेपत्ता भएका थिए । मोरक्को एक शताब्दीमा सबैभन्दा खराब भूकम्पले आक्रान्त भयो, लगभग ३ हजार मानिसहरूको ज्यान लियो र अरूलाई विस्थापित गरे । मोरक्कोका जनतासँग भएको सबै कुरा बर्बाद भयो । पूर्वी लिबियामा आएको बाढीका कारण ५ हजार ५ सयको मृत्यु भएको छ भने ७ हजार घाइते भएका छन् । लिबियाको पूर्वी सहर डेर्नाका ३०,००० भन्दा बढी मानिस अहिले ड्यानियल आँधीका कारण आएको विनाशकारी बाढीका कारण घरबारविहीन भएका छन् ।
विश्व नेताहरूले मोरक्को र लिबियाका जनतालाई आफ्नो समवेदना पठाए । ठूलो मनका कतिपय देशहरूले सम्वेदनासँगै राहत सामग्री पनि पठाए । सेप्टेम्बर १२ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले लिबियाको राष्ट्रपति परिषद्का अध्यक्ष मोहम्मद मेन्फीलाई भयानक आँधीका कारण भएको जनधनको क्षतिका लागि शोक सन्देश पठाउनुभयो । त्यस्तै राष्ट्रपति सीले मोरक्कोका राजा मोहम्मद छैटौँँलाई पनि समवेदना सन्देश पठाउनुभयो । आफ्नो सन्देशमा सीले भन्नुभयो, “तपार्इँको प्रतिष्ठित देशमा शक्तिशाली भूकम्प गएको थाहा पाउँदा म स्तब्ध छु, ठूलो मानवीय क्षति भएको प्रति गहिरो दुःख व्यक्त गर्दछु ।”
चीनको रेडक्रस सोसाइटीले भूकम्पपछि तुरुन्तै उद्धार र राहत कोष दिने वाचा गरेको छ । मोरक्कन रेड क्रिसेन्टले उद्धार प्रयासहरू र राहत आवश्यकताहरूको ट्रयाक कायम गर्नको लागि २ लाख अमेरिकी डलर नगद प्राप्त गर्नेछ । चिनियाँ मेडिकल टोलीले त्यहाँ आफ्नो उत्कृष्ट स्तरमा काम गरिरहेको छ । चिनियाँ विदेश मन्त्रालय र चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) ले पनि मृत्यु र सम्पत्तिको क्षतिमा शोक व्यक्त गरेका छन् । “चीन लिबियामा आँधी र बाढी पीडितहरूको आवश्यकताअनुसार आपत्कालीन मानवीय सहायता प्रदान गर्न इच्छुक छ,” सीआईडीसीएका प्रवक्ता सु वेईले सेप्टेम्बर १४ का दिन भन्नुभयो ।
मोरक्कोको भूकम्प र लिबियाको बाढीले हामीलाई सम्झाउँछ कि हामी सबै संवेदनशील हुनुपर्छ र हाम्रो सहयोगी प्रतिक्रियाले संवेदनशील र शान्तिपूर्ण संसार बनाउन सक्छ । यो कठिन समयमा दुवै देशले विश्वभरबाट सहयोग प्राप्त गरेका छन् । यो ऐक्यबद्धताले प्राकृतिक प्रकोपपछि विश्वव्यापी सहयोगलाई जोड दिन्छ ।
मोरक्को र लिबियाका लागि पठाइएको सहायतामा विस्थापित परिवारहरूका लागि चिकित्सा हेरचाह, आवास र आवश्यक सामग्रीहरू समावेश गर्दछ । पूर्वाधारको क्षति, विशेषगरी सबैभन्दा बढी प्रभावित क्षेत्रहरूमा मूल्याङ्कन गर्नुपर्छ । भूकम्पले सिस्मिक रिट्रोफिटिङ र कडा निर्माण नियमहरूको आवश्यकतालाई छर्लङ्ग गर्दछ । विशेषगरी उच्च जोखिम क्षेत्रहरूमा भवनहरू अनुकूलन गर्न प्रोत्साहन र कार्यक्रमहरू पनि हुनुपर्छ । मोरक्को र अन्य देशहरूले यस अनुभवबाट सिकेर भविष्यको भूकम्पको लागि तयारी गर्नुपर्छ ।
अर्कोतर्फ, लिबियामा आएको बाढीले देशमा राजनीतिक स्थिरताको महत्वलाई उजागर गरेको छ । लिबिया गम्भीर राष्ट्रिय अशान्ति व्याप्त छ । यद्यपि, लिबियालीहरूले देशको खातिर एकजुट हुनैपर्छ किनकि यसले विनाशकारी राजनीतिक दुविधाको सामना गर्दछ । यसका लागि विगतका विभाजनहरू हटाउन र अप्रत्याशित प्रकोपहरूमा प्रतिक्रिया दिनसक्ने, तिनीहरूको लागि तयारी गर्न र राम्रो भविष्यको पुनर्निर्माण गर्न सक्ने राज्य निर्माण गर्न आवश्यक छ ।


प्राकृतिक प्रकोपको सामना गर्ने हरेक राष्ट्रले ठूलो नोक्सानी व्यहोर्नुपर्छ भनी बुझ्दछ । मानवीय भावनाहरूले मोरक्कोमा अन्तर्राष्ट्रिय सहायता प्रवाह गर्दा पनि मानिसहरूले धेरै पीडामा छन् र छोटो अवधिमा ती पीडाबाट हुन सक्दैन । भग्नावशेषमुनि आफ्ना प्रियजन गुमाउनेहरूले आफ्नो व्यक्तिगत शोकमात्र नभई भूकम्पका कारण आफ्नो पारिश्रमिकको अवरोधलाई पनि सामना गर्नुपर्छ ।
कोभिड–१९, मोरक्को, टर्की र सिरियामा भूकम्प र लिबियाको बाढीले हामीलाई क्षेत्रीय, अन्तर्राष्ट्रिय र अन्तरक्षेत्रीय सहयोगको आवश्यकताको सम्झना गराउँदछ । साझा स्रोत, ज्ञान र छलफलबिना कुनै पनि राष्ट्र सुरक्षित हुँदैन । भूराजनीतिक फाइदा खोज्नुभन्दा देशले सहकार्य गर्नुपर्छ ।
प्रभावित राष्ट्रहरूले विपद्लाई राम्ररी व्यवस्थापन गर्नेहरूबाट सिक्न सक्छन् । उदाहरणका लागि, चीनले अगस्टमा आफ्नो उत्तरपूर्वी क्षेत्रमा आएका बाढीका कारण सिर्जित समस्याहरूलाई द्रुतरूपमा सम्बोधन ग¥यो । देशका राष्ट्रपतिले तुरुन्तै क्षतिग्रस्त क्षेत्रहरूको भ्रमण गरे र विपत्तिलाई सम्बोधन गर्न र क्षेत्रलाई पुनरुत्थान गर्न राष्ट्रिय योजना घोषणा ग¥यो । पीडित देशहरूले चिनियाँ अनुभवबाट सिक्न सक्छन् । सबैभन्दा महत्वपूर्ण राष्ट्रहरूबिचको सहकार्य हो ।
जलवायु परिवर्तनसँगै जीवन र जीविकोपार्जनमा हानि पु¥याउने प्राकृतिक प्रकोपको अन्तर्राष्ट्रिय खतरा बढ्दै गएको छ । विश्वव्यापी प्रकोप व्यवस्थापन साझेदारी समान विचारधारा राष्ट्रहरूबिच सहकार्य आवश्यक छ । ठूला स्तरका प्रकोपहरूको दुर्लभताका कारण, दीर्घकालीन र दिगो विपद् व्यवस्थापनका लागि विपद् तयारी वा बहुपक्षीय रूपरेखा निर्माण गर्ने विश्वव्यापी प्रयासहरू सुस्त भएका छन् । यद्यपि, सबै राष्ट्रहरूलाई थाहा हुनुपर्दछ कि कुनै पनि ठूलो प्रकोप जुनसुकै बेला विश्वको जुनसुकै ठाउँमा पनि हुन सक्छ । प्रतिस्पर्धाको सट्टा, सहकार्य र सहयोगात्मक मूर्त कार्यहरूको संस्कृतिले देशहरूबिच सहकारी मानसिकता उत्पन्न गर्नसक्छ ।
अर्कोतर्फ, लिबियाको दुखद् बाढी पछाडिको राजनीतिक असफलतालाई भोक्स पत्रिका र केही अन्य मिडियाले उजागर गरेका छन् । एसोसिएटेड प्रेसका अनुसार बाढी देशको आधुनिक इतिहासमा सबैभन्दा खराब वातावरणीय प्रकोप हो । वर्षौँको द्वन्द्व र कुनै केन्द्रीय प्रशासन नभएपछि यसको पूर्वाधार सडिरहेको थियो र भिषण वर्षाको लागि संवेदनशील थियो । लिबिया राजनीतिक उथलपुथलका कारण कुनै जलवायु योजना नभएको एक मात्र राष्ट्र हो । यो राजनीतिक विपत्ति कसले निम्त्यायो ?
यो ध्यान दिन लायक छ कि अमेरिकी सैन्य हस्तक्षेपले मध्यपूर्वमा शान्तिभन्दा बढी अराजकता निम्त्याएको छ । अमेरिकाले भने कि यसले लिबियालाई मुअम्मर गद्दाफीलाई पराजित गर्न मद्दत ग¥यो ताकि लिबियालीहरूले लोकतन्त्रको अनुभव गर्न सकून् र स्वतन्त्ररूपमा आफ्नो सरकार छान्न सकून् । तर, यसले अशान्ति, असुरक्षा र गैर–राज्यको स्थिति ल्यायो । लिबियामा थोरै राजनीतिक एकता छ ।
संरा अमेरिका र अन्य युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन् कि लिबियालाई आपत्कालीन सहायताको आवश्यकता छ । धेरै राष्ट्रहरूले लिबियासँग सहानुभूति देखाउन र मद्दत प्रदान गर्न सक्छन् । तर, यो सहयोग अस्थायी हो । कुनै पनि राष्ट्रले पहिले स्थायित्व हासिल गर्नुपर्दछ, जसका लागि आफ्नो सीमित भू–रणनीतिक स्वार्थमा केन्द्रित हुनुको सट्टा अन्तर्राष्ट्रिय सहयोग र सहकार्य आवश्यक हुन्छ । प्रतिस्पर्धा र भूराजनीतिक स्वार्थको टकरावले मानवजातिको लागि विनाशमात्र निम्त्याउन सक्छ ।
(मसुदा खातुन सीजीटीएनका एक विशेष टिप्पणीकार, एक अन्तर्राष्ट्रिय मामिला विश्लेषक र स्वतन्त्र स्तम्भकार हुन् ।)
– सीजीटीएन
अनुवाद : अभिनव

Leave a Reply

Your email address will not be published. Required fields are marked *