दोषीमाथि कारबाही होस्
- फाल्गुन २, २०८१
केही दिन यता लगातार पानी परिरहेको छ, पानी परेसँगै भक्तपुरमा भूमिगत बिछाइएको तारको कामले अधिकांश क्षेत्रमा हिलाम्य भएको छ । यसको कारण धेरै स्थानमा दुर्घटनाहरू भइरहेका छन् ।
आकाशमा लत्रिएको तारलाई भूमिगत राख्न नेपाल विद्युत् प्रधिकरणले गर्न लागेको कामप्रति कसैको गुनासो छैन होला । तर, त्यही कार्यले विभिन्न स्थानमा दुर्घटना निम्त्याएको छ । हिलोले गर्दा सवारी साधन विशेष गरेर दुईपाङ्ग्रे मोटरसाइकल र स्कुटरहरू चिप्लिई दुर्घटना हुने गरेको छ । यस्तो विषयमा नगरपालिकाले सम्बन्धित विषयका कामदार र ठेकेदारलाई काम समयमै सम्पन्न गरी यातायात र सडकको दुरवस्था अन्त्य गर्नुपर्छ । मौसमविद्हरूले नेपालमा वर्षा अन्त्य हुन अझ केही दिन लाग्ने पूर्वानुमान गरेका छन् । वर्षा, हिलो र बाटोमा कसैको ज्यान वा अङ्गभङ्ग नहोला भन्न सकिन्न । तसर्थ, भक्तपुर नगरपालिकले सम्बन्धित निकायमा यस विषयको समाधानको निम्ति पहल गर्न ढिलो भइसकेको छ ।
Leave a Reply