लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
भक्तपुर, २० असार । नेपाल क्रान्तिकारी युवा सङ्घको ३३ औँ स्थापना दिवसको अवसरमा नेक्रायुसङ्घ भक्तपुर जिल्ला समिति खेलकुद विभाग र भक्तपुर चेस क्लवको सहआयोजनामा असोज १९ र २० गते भएको राष्ट्रव्यापी खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विजेता खेलाडीहरूलाई प्रमाणपत्र, मेडल तथा ट्रफि वितरण गर्दै खेलको महत्वबारे चर्चा गर्नुभयो ।
अनुशासन, मित्रता र आत्मीय भावना उजागर गर्न खेल खेल्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले देशको सार्वभौमिकता रक्षा र स्वाधीनताको लागि देशभक्त खेलाडीहरू आवश्यक भएको बताउनुभयो ।
नेक्रायुसङ्घ भजिसका अध्यक्ष मिनबहादुर बाटाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चिफ आर्बिटर एवं भक्तपुर चेस सङ्घका अध्यक्ष राजकुमार लघु, आयोजक समितिका सचिव एचएस सुवाल, खेलकुद विभाग संयोजक रामशरण त्वाती र एन्डिज ग्वाछालगायतले बोल्नुभएको थियो ।
प्रतियोगितामा रूपेश जेशवाल पहिलो, राजन सुवेदी दोस्रो, पुरूषोत्तम सिलवाल तेस्रो, निकेश कुसाथा चौथो, क्षितिज भण्डारी पाँचौ, राजेश कक्षपति छैटौँ, मिसन दाहाल सातौँ, धिरेन राई आठौँ, राजन पुरी नवौँ र कमल मैनाली दसौँ हुन सफल भएको थियो ।
कार्यक्रममा आयोजक समितिका अध्यक्ष बाटाले राष्ट्रिय/अन्तर्राष्ट्रिय आर्विटरहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रतियोगिता संयोजक राजकुमार लघुले पनि बोल्नुभएको थियो ।
Leave a Reply