यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २० असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले आफ्ना सदस्यहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमहरू दिनुपर्ने बताउनुभयो ।
समदर्शी बचत तथा ऋण सहकारी संस्थाको २१ औँ साधारणसभाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले आजका युवा–विद्यार्थीहरूलाई शैक्षिक प्रमाणपत्रका साथै डकर्मी, सिकर्मी, पाक शिक्षा, हेयर कटिङ, मोबाइल र मोटरसाइकल मर्मतजस्ता तालिम दिई सक्षम बनाउन सके आत्मनिर्भर भएर अगाडि बढ्न सहयोग पुग्नेछ भन्नुभयो ।
उहाँले भन्नुभयो, “सहकारी संस्थाहरूले सांस्कृतिक तालिमहरू दिएर नयाँ पुस्तालाई उत्प्रेरित गरिरहेकोमा प्रशंसा गर्दै हाम्रो कला र संस्कृति हाम्रा पहिचान हुन्† त्यसको संरक्षण गर्न सकेनौँ भने हाम्रो पहिचान गुम्नेछ ।”
संस्था ठूलो बनाउनेभन्दा राम्रो र असल बनाउनेतर्फ ध्यान दिन आग्रह गर्दै प्रमुख प्रजापतिले भद्रगोल ठूलो संस्थाभन्दा व्यवस्थित र अनुशासित संस्था बनाउनेतर्फ सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपाले जनभावनाअनुसार निर्वाचनमा जनतालाई व्यक्त गरेका वचनबद्धताबमोजिम शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, विकास निर्माणलगायतका कार्यहरू गर्दै आएकोमा अहिले धेरैले भक्तपुर नगरलाई नमुना नगरको रूपमा लिएको प्रमुख प्रजापतिले बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त सहप्राध्यापक विश्वमोहन जोशीले नेपाली युवाहरू विदेश पलायनसम्बन्धी ऐतिहासिक पृष्ठभूमिबारे जानकारी दिँदै जङ्गबहादुर राणाले अङ्ग्रेजहरूलाई सहयोग गरेको हुँदा कार्ल माक्र्सले उनलाई बेलायती साम्राज्यवादको कुकुरको संज्ञा दिएको बताउनुभयो ।
जिल्ला बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि इन्द्रप्रसाद ब्यान्जुले स्थानीय तहको स्वीकृतिविना प्रदेशमा दर्ता भएका बहुउद्देश्यीय संस्थाहरूलाई भनपाले दर्ता नगर्नु सराहनीय कदम भएको र त्यसले भक्तपुरवासीहरूको धेरै रकम ठगिनबाट जोगिएको छ भन्नुभयो ।
संस्थाका अध्यक्ष रामकृष्ण मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रममा सिद्धिस्मृति अस्पतालका निर्देशक श्याम धौभडेललगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रमुख अतिथि प्रजापतिले संस्थाका ज्येष्ठ नागरिकहरूलाई सम्मान तथा सांस्कृतिक प्रशिक्षण दिने गुरूहरू र धिमय् बाजाका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको बिचबिचमा नृत्यहरू प्रस्तुत गरिएको थियो ।
Leave a Reply