नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
मध्यपुर, १५ कात्र्तिक । मध्यपुर नगरपालिकाको बोर्ड बैठकमा टेबुल ठोकाठोक भएको छ । सोमबार भएको बोर्ड बैठकमा कर्मचारी सरुवाको विषयमा भएको भनाभन टेबुल ठोकाठोकसम्म पुगेको थियो । प्राप्त जानकारीअनुसार नगरपालिकाका कर्मचारीको जिम्मेवारी हेरफेरका क्रममा नपा कार्यालयका विभिन्न शाखाहरुमा क्रियाशील काँग्रेस पृष्ठभूमिका कर्मचारीहरुलाई अन्यत्र सरुवा गरे पछि विवाद शुरु भएको हो ।
काँग्रेसबाट उपप्रमुख पदमा निर्वाचित अञ्जना मधिकर्मीका श्रीमान धनकृष्ण श्रेष्ठलाई नपा प्रशासन शाखाबाट वडा नं ३ को वडा सचिवमा, काँगे्रस नेता गणेशमान चक्रधरका भाई नीरज चक्रधरलाई स्टोर शाखाबाट वडा नं ९ को वडा सचिवमा र काँगे्रस नेता राम श्रेष्ठकी श्रीमती हरिलक्ष्मी श्रेष्ठलाई कर अधिकृतबाट ८ वडाको सचिव पदमा सरुवा भए पछि असन्तुष्ट काँगे्रस प्रतिनिधिहरुले बोर्ड बैठकमा विवाद थालेका थिए ।
त्यस्तै मध्यपुर नपाअन्तर्गत सञ्चालनमा रहेको एम्बुलेन्स कोरिया नेपाल मैत्री अस्पताललाई हस्तान्तरण गरे पछि भएको विवाद मिलाउन मध्यपुर नपाका मेयर मदनसुन्दर श्रेष्ठलाई हम्मेहम्मे भएको नपाका एक जना कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।
मध्यपुर नपाका मेयर मदनसुन्दर श्रेष्ठ एमालेबाट निर्वाचित भए पनि नपाका अधिकांश कर्मचारी काँगे्रस पृष्ठभूमि र बोर्डमा पनि बहुमत काँगे्रसकै भएका कारण नपाका गतिविधिमा चुस्तता नआएको उनले बताए ।
Leave a Reply