भर्खरै :

फुटपाथ बनाउने र सडक खाली गराउनेतिर ध्यान पुगोस्

फुटपाथ बनाउने र सडक खाली गराउनेतिर ध्यान पुगोस्

भक्तपुर नगरपालिका वडा नं २, ६ र १० हुँदै नगरकोट जाने बाटोका बटुवाहरू र स्थानीय बासिन्दाहरूलाई आवतजावत गर्न धेरै सास्ती भइरहेको छ । बाटोमा खाल्डाखुल्डी छ । खानेपानी चुहिरहेको छ । पानी पर्दा हिलाम्य र पानी नपर्दा हुने धुलोमयले स्थानीय बासिन्दाको स्वास्थ्यमा असर परिरहेको छ ।
बाटोमा खाल्डाखुल्डीको कारण पिच बाटोबिच बाट हिँडिराख्नुपर्ने अवस्था छ । कमलविनायकदेखि लांचा फल्चासम्म दायाँ बायाँ ढल निकास र पेटी (फुटपाथ) बनाउने भनेर टेन्डर भएको १० वर्ष भइसकेको छ तर हालसम्म कार्यान्वयन भएन । सडक डिभिजन र टेन्डरकर्ताको मिलेमतो छ कि ? नत्र किन भएन काम ? सत्यतथ्य जानकारी पाऊँ । सवारी चालक र सहचालक पनि आफूलाई पायक पर्ने ठाउँमा सवारी साधन रोक्छन् । उनीहरू बाटोमा हिँड्दुल गर्नेलाई ध्यान नै दिँदैनन् । नगरको बसपार्क मिनिबस पार्क (प्रालि) को पनि यो दायित्व होइन र ? प्रहरी प्रशासन र ट्राफिक टुलुटुलु हेरिरहन्छन् । के टुलुटुलु हेर्नेमात्र हो र ? कि त हातमात्र मिलाउने हो ? सम्बन्धित निकाय सबैको ध्यान जाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *