भर्खरै :

“राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नु नै समाजवादको बाटोमा हिँड्नु हो”

“राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नु नै समाजवादको बाटोमा हिँड्नु हो”

कालीकोट, २४ असोज । नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा बुधबार ‘समाज विकासको एक झलक’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम भयो ।
कालीकोटको राँचुलीमा भएको उक्त कार्यक्रममा पार्टीका सचिव प्रेम सुवालले पार्टी प्रकाशनहरू पार्टी कार्यकर्ता र शुभेच्छुकहरूको लागि वैचारिक हतियार हुने र यसले जनविरोधीहरूको निशानामा हान्न मद्दत पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ जोगीले बढी खरानी घस्छन् भनेझैँ समाजवादी सिद्धान्त त्यागेकाहरूले समाजवादी मोर्चा दाबी गर्दै छन् । राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नु नै समाजवादको बाटोमा हिँड्नु हो ।”
प्यालेस्टाइनीहरूको राजनीतिक र सैनिक सङ्गठन हमासलाई आतङ्ककारी भन्नेहरू पश्चिमा साम्राज्यवादको पिछलग्गू भएको उहाँले बताउनुभयो ।
नयाँ पुस्ताको राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउन पार्टी प्रकाशन अध्ययन गराउनु जरूरी रहेको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “शिक्षकहरू आफ्नो सुविधाको लागि मात्र ट्रेड युनियनमा लाग्नु हुँदैन । देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने नयाँ पुस्ता तयार गर्नु शिक्षकहरूको जिम्मेवारी हो ।”
उहाँले भन्नुभयो, “समृद्ध नेपाल सुुखी नेपाली पुँजीवादी सरकारको भागबन्डा गर्ने शासक दलहरूले ल्याउन सक्दैनन् । विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनु जरूरी छ ।”
“अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने एमसीसी सम्झौता पारित गर्नेहरू र युक्रेनमा अमेरिकी साम्राज्यवादले सुरू गरेको छद्मयुद्धलाई समर्थन गरी संरा सङ्घमा रूसविरूद्ध मतदान गर्नेहरू साम्राज्यवादका पिछलग्गू हुन्”, सचिव सुवालले भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले पार्टी कार्यकर्ताहरू जिम्मेवारीपूर्वक देश र जनताप्रति समर्पित भई सङ्घर्ष गर्नुपर्नेमा जोड दिँदै पार्टी प्रकाशनहरूको अध्ययनले कार्यकर्ताहरूलाई बहस र छलफल गर्न सक्षम बनाउँछ भन्नुभयो ।
नेमकिपा केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले सामन्तहरूले धर्मगुरूमार्फत राजालाई भगवानको प्रतिनिधिको रूपमा प्रचार गरी भ्रम सिर्जना गरेको चर्चा गर्दै अन्धभक्तको परम्परा तोड्ने पुस्तक ‘समाज विकासको एक झलक’ रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले पुँजीवादी व्यवस्थामा धनी झन् झन् धनी र गरिब झन्झन् गरिब हुने स्पष्ट पार्दै आर्थिक असमानता बढाउने पुँजीवादी व्यवस्था पतन हुने ‘समाज विकासको एक झलक’ पुस्तकले टेवा पु¥याउँछ भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष नरदीप शाहीले आदिम साम्यवाद युगमा निजी सम्पत्तिको विकास भइनसकेको धारणा राख्दै साम्यवादी युगमा राज्य पनि उत्पत्ति भएको थिएन भन्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका इन्द्रप्रसाद न्यौपानेले पार्टी प्रकाशनहरूको नियमित अन्तरक्रियाले परिवारका सदस्यलाई सङ्गठित गर्न मद्दत पु¥याउँछ भन्नुभयो ।
नेमकिपा जिल्ला अध्यक्ष खड्गराज शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *