मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
कालीकोट, २४ असोज । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कालीकोटको आयोजनामा बुधबार मान्ममा पत्रकार भेटघाट भयो । उक्त भेटघाटमा सचिव सुवालले राख्नुभएको मन्तव्यको सार :
सिक्ने र कमाउने भनी कृषिमा स्नातक गरेकाहरू र अन्य नेपाली युवालाई रोजगारीमा इजरायल पठाउने मन्त्री, सचिव, सल्लाहकार, विचारकहरू नै इजरायलमा नेपाली मृत्युको जिम्मेवार हुन् । नेपाली युवा–विद्यार्थीलाई इजरायल पठाउनेहरूलाई नै सैनिक पोशाक लगाउन लगाई लड्न पठाउनुपर्दछ । उनीहरूकै घैघरानाबाट इजरायलमा बसेका नेपालीलाई नेपाल फर्काउनु पर्दछ ।
प्यालिस्टाइनीहरूको राजनीतिक र सैनिक सङ्गठन हमास आतङ्कवादी समूह होइन । पश्चिमा साम्राज्यवादीहरू नै आतङ्कवादी हुन् । नेपालका शासक दलका नेताहरू साम्राज्यवादको पिछलग्गू हुनु असंलग्न परराष्ट्र नीतिविपरीत हो । नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइएको परिणाम यस्तै दुःखद हुनेछ । सिंहदरबार पुगेका शासक नेताहरूको बुद्धि उल्टो हुँदा भ्रष्टाचार बढेको हो ।
सरकारले कर्णाली प्रदेशलाई अर्गानिक खेती बनाउने वाचा गरेको लामो भयो । अहिले यहाँ भारतको रासायनिक मल र विषादी भरिभराउ छ । कर्णाली राजमार्ग मृत्यु मार्गकै अवस्थामा छ, जताततै खाल्डाखुल्डी छन् । कर्णालीका जनताले बिजुली पाएका छैनन् । कक्षा १२ सम्म पढाइ हुने कतिपय विद्यालयमा ५–७ सय विद्यार्थी छन् । तर, शिक्षक १८–२० जनामात्र छन् । प्रम पुष्पकमल दाहालले भारत भ्रमणमा फुकोट कर्णाली दिएको अर्को देशघात हो ।
शिक्षा विधेयकमा राजनीति गर्न नहुने नाममा शिक्षकको वाक् स्वतन्त्रता हनन गरिएको छ । यसबारे नेपाल शिक्षक महासङ्घ नबोल्नु अर्को आश्चर्य हो । राष्ट्रिय स्तरको एसईई परीक्षा, मा.वि.सम्मको व्यवस्थापन स्थानीय तहबाट जिल्ला शिक्षा कार्यालयलाई फर्काउने विधेयक व्यवस्था ठीक छैन । उत्पादन श्रमसँग जोडिएको शिक्षा जरूरी छ । विश्वविद्यालयका उत्कृष्टहरूलाई थप पारिश्रमिक र सुविधा दिएर शिक्षण पेसामा नियुक्ति दिनु जरूरी छ ।
चाडपर्वको मुखमा यातायात र टिकटको व्यवस्थापन गर्न नसक्नु, चिनीलगायत खाद्यान्न सुपथ र सुलभ बनाउन नसक्नु सरकारको नालायकी हो ।
अमेरिकी साम्राज्यवादले युक्रेनमा रूसविरूद्ध गरिएको छद्मयुद्धलाई बुझ पचाएर संयुक्त राष्ट्र सङ्घमा रूसविरूद्ध मतदान गर्नु नेपाल सरकार असंलग्न परराष्ट्र नीतिविपरीत छ र साम्राज्यवादको पिछलग्गू हुनु हो ।
साँचो कम्युनिस्टहरू पुँजीवादी सरकारमा जाँदैनन् । कामदारवर्गको निम्ति पुँजीवादी गणतन्त्र र संवैधानिक राजतन्त्रमा फरक हुँदैन । नेपाल मजदुर किसान पार्टी क्रान्तिकारी संसद्वादको बाटोमा छ ।
उक्त भेटघाटमा पत्रकारहरू तुलाराम पाण्डे, वीरेन्द्र आचार्य, प्रेमराज सिंखडा, खडानन्द अधिकारी, रत्न कार्कीलगायतले राख्नुभएको जिज्ञासालाई सचिव सुवालले स्पष्ट गर्नुभयो ।
Leave a Reply