भर्खरै :

त्रिचालिसौँ नेपालभाषा साहित्य तःमुंज्या प्रचारार्थ साइकल ¥याली

त्रिचालिसौँ नेपालभाषा साहित्य तःमुंज्या प्रचारार्थ साइकल ¥याली

भक्तपुर, २७ असोज । भक्तपुरको ल्योसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमलाई सफल पार्ने हेतुले शनिबार तःमुंज्या साइकल ¥याली भयो ।
जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पु¥याउने उद्देश्यका साथ विगत ४३ वर्षदेखि नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधि भक्तपुरका विभिन्न स्थानमा बर्सेनि हुँदै आएको हो । यस वर्ष ४३ औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भक्तपुरको भनपा ५, ल्योसिंख्य टोलमा कार्तिक ९ र १० गते बिहान ११ बजेदेखि हुने भएको छ ।
साइकल ¥याली बिहान ६ बजेबाट सुरु भएको हो । ¥याली हुनुअघि वाग्मती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले तःमुंज्या कार्यक्रम हुने स्थल ल्योसिंख्यमा उद्घाटन गर्नुभएको थियो । उहाँले युवा पिँढीहरूले तःमुंज्याको मर्म र पहिचानलाई जीवन्तता दिँदै अगाडि बढ्नुपर्ने बताउनुभयो ।
भक्तपुरको तःमुंज्या ¥याली ल्योसिंख्यबाट सुरू भई जगाती, च्याह्मासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, भार्वाचो, च्वङा गणेश, राधेराधे, शंखधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमि, पेप्सीकोला, जडीबुटी, कोटेश्वर, तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, सहिदगेट, न्युरोड गेट, वसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल हुँदै पाटन ढोका पुगेको थियो । त्यहाँबाट न्याखचुक पुगी नेवाः समयबजि कार्यक्रम भएको थियो । त्यसैगरी न्याखचुकबाट पाटन, बङ्गलामुखी, स्वथा, मङ्गलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, सिरूटार, चित्रपुर, गाम्चा, किवाचोक, पाण्डुबजार, सूर्यविनायक, राममन्दिर, गःहिटी हुँदै ल्योसिंख्य पुगी समापन भयो ।
कार्यक्रममा विविध भाषा साहित्य सम्मेलनले मध्यपुर थिमिको नगदेशमा, नेपालभाषा साहित्य तःमुंज्या काठमाडौँले वसन्तपुरमा, नेपालभाषा साहित्य तःमुंज्या ललितपुरले पाटनमा ¥यालीमा सहभागीलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *