यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
सुर्खेत, २८ असोज । नेपाल मजदुर किसान पार्टी सुर्खेतको आयोजनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व २०८० को शुभकामना आदानप्रदान एवं नवौँ जिल्ला सम्मेलनको समीक्षा कार्यकम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टी सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले शुभकामना दिँदै सबै साथीहरू मिलेर पार्टीको काम गर्नुपर्ने र मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले साथीहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।
निवर्तमान पार्टी सचिव धनेन्द्र विकले नेमकिपाका कार्यकर्ताहरूले पदको निम्ति राजनीति गर्न नहुने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सुर्खेतका उपाध्यक्ष अकल राना, सचिव लालबहादुर थापा, कोषाध्यक्ष तुल्सी खड्का, सदस्य चेतन पौडेल, रूपसिंह रोकाया, उर्मिला खड्का, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका सदस्य बिन्दु हमाल, नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतका संयोजक गोविन्दनाथ योगी, कर्मचारी समाजका अङ्गबहादुर शाही, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका गगन बिक, ऐनबहादुर शाही, गणेश खड्का, देवीराम सिजापतीलगायत उपस्थित सबैले शुभकामना एवम् सम्मेलनको समीक्षा गर्नुभएको थियो ।
Leave a Reply