भर्खरै :

विद्यार्थीलाई सदाचारबारे जानकार बनाउन जोड

विद्यार्थीलाई सदाचारबारे जानकार बनाउन जोड

भक्तपुर, २ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीहरूलाई विषयगत ज्ञानबाहेक सदाचारको विषयमा पनि राम्रो जानकार बनाउन जोड दिनुपर्ने बताउनुभएको छ ।
बाल विकास सेकेन्डरी स्कूलद्वारा बुधबार आयोजित दसैँ शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष बिजुक्छेँले शासक दलका नेताहरू तथा देशका उच्चपदस्थ व्यक्तिहरू विषयवस्तुमा दख्खल नहुँदा तथा सदाचारमा अत्यन्त कमजोर हुँदा देशले ठूलठूला नोक्सानी व्यहोर्नुपरेको दृष्टान्त प्रस्तुत गर्दै विद्यार्थी जीवनमै समय सुहाउँदो ज्ञान, व्यवहार तथा सोच दिएर हुर्काउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
बहुदलीय व्यवस्थामा देश र जनताले केही पनि पाउन नसकेको बरु उल्टै देशले धेरै गुमाएको प्रसङ्ग जोड्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “विदेशीले नेपाल र नेपालीको हितको निम्ति दिएको कलकारखाना बेच्ने त्यो कस्तो सरकार ? देशलाई धोखा दिने र जालसाजी गर्ने कस्ता शासक नेता ?”
उहाँले अगाडि भन्नुभयो, “देश एकैबाजी बर्बाद हुँदैन, पाइला पाइला गरेर हुन्छ । त्यसकारण, देशका कलकारखाना बेच्ने दल तथा नेताहरू ठीक होइनन् भनेर विद्यार्थीहरूलाई राम्ररी बताउनुपर्छ ।”
देशका नीतिनिर्माताहरू गलत हुँदा देशले अहिलेको दुरवस्था बेहोर्नु परेको प्रस्ट पार्दै अध्यक्ष रोहितले विद्यार्थीहरूलाई विद्यालय तहदेखि नै राष्ट्रिय—अन्तर्राष्ट्रिय राजनीतिको ज्ञान दिँदै लानुपर्नेमा जोड दिनुभयो ।
शिक्षकहरूलाई सुझाव दिँदै अध्यक्ष रोहितले भन्नुभयो, ‘शिक्षक आफ्नो विषयमा मात्र राम्रो भएर पुग्दैन व्यवहार, चरित्रमा पनि सफा हुनुपर्छ । पुस्तक अध्ययन, बैठक, छलफल, अन्तरक्रियामार्पmत शिक्षकले आपूmलाई अगाडि बढाउन प्रयत्नरत रहनुपर्छ । शिक्षकहरू उदासीन बन्नुहुँदैन । महँगी बढ्यो भने हामीलाई पनि प्रभाव पार्छ । बिजुली जति भारतलाई बेच्दा त्यसको मार हामीलाई पनि पर्छ । तसर्थ, शिक्षकले त्यस्तो कुरा समाजलाई बताउनुपर्छ र विश्लेषण गर्नसक्नुपर्छ ।”
प्रजातन्त्र पुनःस्थापनापश्चात् शासक दलहरू देशमा भएका सम्पत्ति सिध्याउनतिर लागेको तर विश्वका विभिन्न देशहरू उत्पादन तथा निर्माणतिर लागेको चर्चा गर्दै उहाँले भन्नुभयो, “आफ्नै उत्पादन नभएर आज हामी विश्वकै गरीब देश बन्दै छौँ ।”
नेमकिपाका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभाका सांसद सुरेन्द्रराज गोसाईले गुणस्तरीय शिक्षाको निम्ति शिक्षकहरू योग्य तथा सक्षम बनाउनुपर्ने बताउँदै शैक्षिक क्षेत्रबाट समाजको सेवालाई एउटा निरन्तरता दिनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले समाजको सेवाका लागि शिक्षकहरूले आपूmलाई हरबखत तयार राख्न सुझाव दिनुभयो ।
सांसद गोसाईले अध्ययन–अध्यापनका नयाँनयाँ सोच, शैली अपनाउँदै तथा प्रविधिको प्रयोग गर्दै शिक्षक तथा विद्यालय अगाडि बढे समाजको युग सुहाउँदो परिवर्तनमा यथोचित योगदान पु¥याउन सम्भव हुने धारणा राख्नुभयो ।
उक्त कार्यक्रममा शिक्षकद्वय सीता प्रजापति र शङ्कर आचार्यले पनि बोल्नुभएको थियो भने शिक्षक जयराम कोजूले विद्यालयको अर्धवार्षिक समीक्षा प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *