भर्खरै :

चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर

चन्दा उठाएर बनाइयो कलात्मक मन्दिर

भक्तपुर, ५ कार्तिक । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ का टोलवासीहरूले चन्दा उठाएर मन्दिर निर्माण सम्पन्न गरेका छन् । कलात्मक पिटलको छाना राखेर सुन्दर गणेशको मन्दिर बनाइएको हो ।
मन्दिर निर्माण समितिका संयोजक कृष्णनारायण मचामसीका अनुसार पहिला मन्दिर सामान्यरूपमा मात्रै बनाउने योजना थियो । योजनाअनुसार पाँच हजारभन्दा माथि चन्दा दिनेहरूको नाम शिलापत्रमा लेखिने योजना थियो । तर, पछि चन्दा दिनेहरूको लहर चलेपछि कलात्मक मन्दिर बनाइएको मचामसीले जानकारी दिनुभयो ।
सल्लाहकार तुल्सीराम लाखेमरुका अनुसार मन्दिर निर्माण सम्पन्न गरी मन्दिरमा प्राण प्रतिस्थापन कार्यक्रम सम्पन्न भएको छ । उहाँले उक्त मन्दिर निर्माण कार्यको लागि आर्थिक तथा भौतिक सहयोग गर्नेहरूको लहर देखेर सबैजना खुसी भएको स्मरण गर्नुभयो । उहाँले सहयोगी सम्पूर्ण दाता र विभिन्न सङ्घ सस्थाहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसअघि टोलवासीहरूको २०७९ फागुन १३ गते भेला भएको थियो । भेलाले सूर्यविनायक नगरपालिका ८ बासीडोल चाइनिज इँटाभट्टाको पूर्व कम्पाउन्डसँगै गणेशको मन्दिर निर्माण गर्ने निर्णय गरेको थियो ।
२०७९ चैत १६ गते टोलवासीमध्यको ज्येष्ठ नागरिक सानुभाइ गोसाईबाट शिलान्यास गरिएको थियो । साधारण झिङ्गटी छानो हालेर मन्दिर बनाउने र रु. ५ हजारदेखि माथि सहयोग गर्नेहरूको नाम शिलापत्रमा लेख्ने पदाधिकारीहरूले निर्णय गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *