अमेरिकी विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
- आश्विन ३०, २०८३
तेहरान २४ अक्टोबर (प्रेस टीभी) । इरानका राष्ट्रपति इब्राहिम रायसीले घेराबन्दी गरिएको गाजापट्टीमा इजरायली शासनको अत्याचारलाई विनासर्त समर्थन गरेकोमा संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी देशहरूको कडा निन्दा गर्नुभएको छ ।
तीन दक्षिण काकेशस देश आर्मेनिया, जर्जिया र अजरबैजान तथा रुस, टर्की र इरान सम्मिलित ३ं३ क्षेत्रीय मञ्चको दोस्रो बैठकमा भाग लिन तेहरानमा रहेका रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग सोमबार भएको भेटमा रायसीले उक्त टिप्पणी गर्नुभएको हो ।
“गाजामा के भइरहेको छ त्यो निराधार र निर्दोष महिला र बालबालिकाविरुद्धको भयानक अपराध हो, जुन संरा अमेरिका र अन्य पश्चिमी देशहरूको प्रत्यक्ष र आधिकारिक समर्थनमा भइरहेको छ,” इरानी राष्ट्रपतिले भन्नुभयो ।
इजरायलले प्यालेस्टिनी जनताविरुद्ध इजरायली शासनको तीव्र अपराधको जवाफमा गाजामा आधारित प्यालेस्टाइन प्रतिरोधी समूहहरूले कब्जा गरिएको क्षेत्रहरूमा अप्रत्याशित आक्रमण अपरेसन अल–अक्सा स्टर्म चलाएपछि अक्टोबर ७ देखि प्यालेस्टाइन क्षेत्रमा विनाशकारी युद्ध सुरु गरेको छ ।
प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली हमलाबाट हालसम्म २,०५५ बालबालिका र १,११९ महिलासहित ५,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ भने १५,००० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।
बैठकको क्रममा, रायसीले अमेरिकी राष्ट्रपति जो बाइडेनले यस महिनाको सुरुमा आफ्नो कब्जामा रहेको क्षेत्रको भ्रमणको क्रममा गरेको भर्खरको टिप्पणीबारे औँल्याउनुभयो । बाइडेनले भनेका थिए, “मैले लामो समयदेखि भनेको छुः यदि इजरायल अवस्थित नभएको भए हामीले यसलाई आविष्कार गर्नुपर्ने थियो ।”
“अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणीको अर्थ हो –अमेरिकीहरू महिला र बालबालिकाको रगत र प्यालेस्टिनी जनताको घरको भग्नावशेषमा आफ्नोे स्वार्थ पूरा गर्न तयार छन्,” इरानी राष्ट्रपतिले भन्नुभयो ।
त्यसपछि उहाँले संयुक्त राष्ट्र सुरक्षा परिषद्ले इजरायलका कार्यहरूलाई ‘आत्म–रक्षा’ को उदाहरणको रूपमा चित्रण गर्ने प्रयास गर्ने प्रस्ताव पारित गराउन वासिङ्टनद्वारा जारी प्रयासहरूतिर औँल्याउनुभयो ।
“आज, संरा अमेरिकाले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमार्फत पछ्याउने प्रयास गरिरहेको छ जुन जियोनवादी (यहुदी जातिवादी) शासनलाई समर्थन गर्ने र आफ्नै जातिवादी स्वार्थ पूरा गर्ने सन्दर्भमा उसले हासिल गर्न सकेको छैन,” रायसीले भन्नुभयो ।
इरानका राष्ट्रपतिले भन्नुभयो, “त्यसैले विश्वका सबै राष्ट्र र स्वतन्त्र विचारका मानिसहरूले सुरक्षा परिषद् र अन्तर्राष्ट्रिय स्तरमा आफ्नो स्थिति र प्रभावकारी उपस्थितिलाई ध्यानमा राख्दै रुसले अमेरिकीहरूलाई आफ्नो लक्ष्य हासिल गर्नबाट रोक्न सक्नेछ भन्ने आशा राखेका छन् ।”
आफ्नो पक्षका लागि, रुसी विदेशमन्त्री सर्गेइ लाभरोभले आर्थिक, व्यावसायिक, यातायात, ऊर्जा र सांस्कृतिक क्षेत्रमा इरानसँग भएका सबै सम्झौताहरू कार्यान्वयन गर्न मस्कोको प्रतिबद्धतामा जोड दिनुभयो ।
लाभरोभले ३३ क्षेत्रीय मञ्चको बैठकमा आफ्नो सहभागिता इरान र रुसबीच बढ्दो क्षेत्रीय सहयोगको प्रतीक रहेको बताउनुभयो ।
रुसी शीर्ष कूटनीतिज्ञका अनुसार क्षेत्रीय देशहरूबिचको सहयोगको थप विस्तारले उनीहरूलाई आफ्नो स्वार्थ पूरा गर्न र एकै समयमा आफ्नो विकास लक्ष्यहरू पछ्याउन मद्दत गर्नेछ ।
“आजको बैठकमा, यो सबै सहभागीहरूले जोड दिएका छन् कि क्षेत्रीय समस्याहरू विदेशी पक्षहरूको कुनै हस्तक्षेपबिना समाधान गरिनुपर्छ,” लाभरोभले स्पष्ट पार्नुभयो ।
Leave a Reply