भर्खरै :

सी चिनफिङद्वारा छिमेकी कूटनीति सिद्धान्तको दसौँ वार्षिकोत्सवसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई लिखित सन्देश

सी चिनफिङद्वारा छिमेकी कूटनीति सिद्धान्तको दसौँ वार्षिकोत्सवसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई लिखित सन्देश

पेइचिङ, २४ अक्टोबर (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर २४ मा छिमेकी कूटनीति सिद्धान्त प्रस्तुत भएको दसौँ वार्षिकोत्सवसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीलाई लिखित सन्देश पठाउनुभएको छ ।
सीले दस वर्षयता चीनले आत्मीयता, इमानदारी, पारस्परिक लाभ, सहिष्णुताको छिमेकी कूटनीति सिद्धान्त पालना गरेको तथा छिमेकी मुलुकसितको मैत्रीपूर्ण र सहयोगात्मक सम्बन्धको चौतर्फीरूपमा विकास गरेको बताउनुभयो ।
यसैबीच, सीले चीनले एसियाली मुलुकहरूसँग मिलेर शान्त, समृद्ध, सुन्दर, मैत्रीपूर्ण अस्तित्वको एसियाको सिर्जना गर्ने, एसियाली भाग्य समुदाय र मानव भाग्य समुदायको सिर्जना गर्ने तथा नयाँ अध्यायलाई संयुक्त रुपमा उघार्ने कुरामा जोड दिनुभयो ।
त्यस्तै अखिल चीन उद्योग तथा वाणिज्य महासङ्घ स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले बधाई पत्र पठाउनुभएको छ ।
सीले आफ्नो बधाई पत्रमा उद्योग वाणिज्य महासङ्घको काम पार्टीको संयुक्त मोर्चाको काम र आर्थिक कार्यको महत्वपूर्ण भाग भएको बताउनुभयो । विगत ७० वर्षदेखि उद्योग वाणिज्य महासङ्घले पार्टीको नेतृत्वप्रति सधैँ अडिग रहेर, पार्टी र देशको केन्द्रीय कार्यमा केन्द्रित रहँदै नयाँ चीन निर्माण, सुधार तथा खुलापनलाई अगाडि बढाउने महान् अभ्यासमा महत्वपूर्ण योगदान पु¥याएको पनि सीले उल्लेख गर्नुभयो ।
सी चिनफिङले आशा गर्नुभएको छ कि बहुसङ्ख्यक निजी आर्थिक व्यवसायीहरूले नयाँ विकास अवधारणालाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने, उद्यमशीलतालाई जोडदाररूपमा प्रवद्र्धन गर्ने, उद्यमशीलता र नवप्रवर्तनको नमुना बन्न प्रयास गर्ने र समाजमा योगदान पु¥याउने छन् । जसबाट आधुनिक समाजवादी देशको व्यापक निर्माण र चिनियाँ राष्ट्रको महान् कायाकल्पको व्यापक प्रवद्र्धन गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *