भर्खरै :

चिनियाँ प्रतिनिधिद्वारा प्यालेस्टाइन र इजरायललाई युद्ध विरामलाई प्राथमिक लक्ष्यको रुपमा राख्न आह्वान

चिनियाँ प्रतिनिधिद्वारा प्यालेस्टाइन र इजरायललाई युद्ध विरामलाई प्राथमिक लक्ष्यको रुपमा राख्न आह्वान
अक्टोबर २४ मा संयुक्त राष्ट्र सङ्घका लागि चिनियाँ प्रतिनिधि चाङ च्युनले प्यालेस्टाइन र इजरेललाई युद्ध विरामलाई अगाडि बढाउनुलाई प्राथमिक लक्ष्यको रुपमा राख्न आह्वान गर्नुभएको छ ।
चाङ च्युनले प्यालेस्टाइन र इजरायल समस्यासम्बन्धी सुरक्षा परिषद्को खुला बहसमा उक्त कुरा बताउनुभएको हो ।चाङ च्युनले जोड दिँदै सुरक्षा परिषदले अन्तर्राष्ट्रिय कानुनी शासनको दृढताका साथ संरक्षण गर्नुपर्ने तथा सर्वसाधारणमाथि लक्षित सबै हिंसा र हमलाको निन्दा गर्नुपर्ने  बताउनुभयो ।
चाङले प्यालेस्टाइन समस्यामा चीनको कुनै पनि निजी हित नभएको, शान्तिका लागि चीनले समर्थन दिने, प्यालेस्टाइन र इजरायलको मेलमिलापका लागि चीनले सक्दो प्रयास गर्ने, चीन निरन्तररूपमा अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको पक्षमा उभिने तथा अन्तर्राष्ट्रिय ऐनको पक्षमा उभिने कुरामा जोड दिनुभयो ।
चीनको अन्तरिक्ष स्टेसन प्रयोग तथा विकास अवधिको उडान निर्देशनालयको निर्णयअनुसार, चिनियाँ मानव अन्तरिक्ष परियोजना शनचौ नम्बर १७ को कार्यभार बोक्ने अन्तरिक्षयात्री टोली थाङ हुँ पो, थाङ शङ चे, च्याङ सिन लिन गरी तीन जनाबाट गठित छ । यीमध्ये थाङ हुँ पोलाई निर्देशकको जिम्मेवारी दिइएको छ ।
अक्टोबर २५ का दिन ११ बजे तीन जना अन्तरिक्षयात्रीले च्यु छुआन उपग्रह प्रक्षेपण केन्द्रमा चीन र विदेशका पत्रकारलाई भेट्ने कार्यक्रम छ । शन चौ नम्बर १७ लाई २६ मा ११ बजेर १४ मिनेटमा प्रक्षेपण गर्ने योजना छ ।
यस पटकको प्रक्षेपण चिनियाँ मानव अन्तरिक्ष परियोजना सुरु भएयता ३० औँ कार्यभार हुनुका साथै १२ औँ मानवसहितको उडान हो । उनीहरूले शन चौ नम्बर १६ अन्तरिक्ष टोलीको सट्टामा चिनियाँ अन्तरिक्ष स्टेसनमा ६ महिना बसेर श्रृङ्खलाबद्धरूपमा परीक्षण योजना अघि बढाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *