अमेरिकी विद्यालयमा गोली चल्दा चार जनाको मृत्यु
- आश्विन ३०, २०८३
ऋषि सुनक बेलायतको प्रधानमन्त्री बनेको यो साता एक वर्ष पूरा भएको छ । सुरुमा कन्जरभेटिभ नेतृत्वको दौडमा दोस्रो स्थानमा आएका सुनक लिज ट्रसले आफ्नो मिनी बजेटले आर्थिक सङ्कट उत्पन्न गरेपछि डेढ महिनाभित्र राजीनामा दिएपछि पूर्वनिर्धारितरूपमा प्रधानमन्त्रीको पदभार ग्रहण गरेका थिए । ट्रस आफैँले बोरिस जोनसनलाई प्रतिस्थापन गरेका थिए । जोनसनले लकडाउनको क्रममा भोजभतेर गरेर विवाद भएपछि अपमानजनक ढङ्गले राजीनामा दिएका थिए ।
विरासतमा पाएको सुनक सरकारको विश्वसनीयता अहिले निकै कम छ र राष्ट्रिय चुनावमा यसको अलोकप्रियता दुईवटा विनाशकारी उप–चुनावको पराजयले देखाएको छ भन्ने कुरा निर्विवाद छ । एक वर्षपछि सुनकले देशको खस्कँदै गएको भाग्य उल्टाउने हो कि भन्ने अलि कमै आशा छ । कन्जरभेटिभ पार्टी एक वैचारिक र गुटबन्दीको सङ्घर्षमा बन्द भएकोले वर्तमान बेलायत सरकार अस्थिरता, अल्पकालीनता, आन्तरिक र विदेशी नीति निर्माणमा आन्तरिक द्वन्द्वले ग्रस्त छ । यो सङ्घर्ष यसका धेरै सांसदहरूमाझ साम्राज्यवादी नोस्टाल्जिया र राष्ट्रवादी लोकप्रियतावादको भावनासँग सम्बन्धित छ जुन व्यावहारिक र वास्तविकतामा आधारित शासनको आवश्यकतासँग द्वन्द्वमा छ ।
कन्जरभेटिभ पार्टीले आधुनिक युगमा सधैँ आन्तरिक द्वन्द्वको समस्याको सामना गरेको छ । यो पार्टीले मार्गरेट थ्याचर र जोन मेजरलगायत आफ्ना सबै प्रधानमन्त्रीहरूलाई घेरेको छ, वर्तमान घटनाहरूको कुनै पनि बुझाइ यस तथ्यबाट सुरु हुन्छ कि ब्रेक्सिटले अन्ततः यी गुटहरूको विजयको प्रतिनिधित्व ग¥यो र बलियो भयो । पार्टीमा प्रभुत्व जमाउने उदारवादी–केन्द्रवादी पङ्क्तिविरुद्ध तिनीहरूको प्रभावले यसलाई सही दिशामा नलैजान सक्छ र अस्थिरता सिर्जना गर्नसक्छ ।
निस्सन्देह, सुनकलाई उदारवादी कन्जर्भेटिभको रूपमा वर्णन गर्ने कुरा एउटा पक्ष हो । तर, यो उनको सरकारको वास्तविकता होइन । किनभने, उनी एक ब्रिटिस भारतीय व्यवसायिक पृष्ठभूमिबाट आएका छन् । पार्टी र देशभित्र दक्षिणपन्थी दबाबको सामना गर्दै सुनकले दक्षिणपन्थी लोकतान्त्रिक सर्तहरूमा कडाइका साथ शासन चलाएको छ र बढ्दो भडकाउ कुरा गर्ने बिन्दुहरू बनाउँदै र जनताका पूर्वाग्रहहरूलाई अपिल गर्दै शासन लम्ब्याउँदै आएको छ ।
यसले उनको सरकारले प्रभावकारीरूपमा अमेरिकी शैलीको ‘सांस्कृतिक युद्ध’ रणनीतिहरू आयात गरेको देखेको छ । जसमा आप्रवासीहरू र एलजीबीटीक्यू मुद्दाहरूलाई विशुद्धरूपमा जनतामाझ आक्रोश उत्पन्न गर्नमा लक्षित रहेको छ । तर, वास्तवमा कार्यका लागि कुनै ठोस नीतिहरू बनाउन असफल भएको छ । यो अल्पकालीन सरकार हो ।
यो अस्थिरताले बेलायतको विदेश नीतिलाई पनि नकारात्मकरूपमा प्रतिबिम्बित गर्दछ, जहाँ विचारधारा, लोकप्रियतावाद र अमेरिकाका अवाञ्छित मागहरूले बेलायतलाई आफ्नो राष्ट्रिय स्वार्थलाई अगाडि बढाउनको लागि बाटो पहिल्याउन असम्भव बनाएको छ । निस्सन्देह, ब्रेक्सिट आत्म–विनाशकारी मार्गको पहिलो चरणमात्र थियो । ब्रेक्सिटले कसरी पहिचानको राजनीति साम्राज्यवादी युगको नोस्टाल्जियामा आधारित छ र आर्थिक वास्तविकता वा देशको आवश्यकताअनुसार अगाडि बढेकोे छैन भनी देखाउँछ । बेलायतले युरोपसँगको आफ्नो सम्बन्धमाथि चोट पु¥याएको छ, तर विश्वव्यापी शक्ति बन्ने कुनै सुसङ्गत दृष्टिकोणबिना नै आफूलाई फेरि एकपटक ‘वैश्विक शक्ति’ को रूपमा घोषणा गरेको छ । त्यसैगरी, युरोसेप्टिक्स (युरोपकेन्द्रित मानसिकता), अमेरिकी दबाब र दक्षिणपन्थी आलोचनाको संयोजनले लन्डनलाई ब्रसेल्सबाट पेइचिङमा केन्द्रित भएर बेलायतको निम्ति विकल्पको रूपमा चीनलाई रोज्नबाट रोकेको छ ।
यसैको फलस्वरूप सुनकले परराष्ट्र नीतिको विषयमा असाधारणरूपमा कमजोर नेतृत्व र निकै कम पहलकदमी देखाएका छन् । उनले चीनविरोधी भावनालाई सजिलैसँग झुन्ड्याउँछन् र प्रतिकूल घटनाक्रमलाई भडकाऊ बयानबाजीको साथ प्रतिक्रिया दिन्छन्, जसले उनलाई पेइचिङसँग संलग्न हुन अझ गाह्रो बनाइरहेको छ । यद्यपि, यी सधैँ र सबै कार्यमा पछ्याउँदैनन्, यसले कुनै पनि मुद्दामा अडान लिन इच्छुक नभएको देखाउँदछ । उदाहरणका लागि उनले चीनलाई बेलायतको ‘आर्थिक सुरक्षा’ को लागि अन्य तत्वहरू खतरा भएको दाबी गरिरहन्छन् । यसो गर्दा, उनले बेलायतको राष्ट्रिय हितको पक्षमा व्यक्तिगतरूपमा बेलायतको नेतृत्व गर्ने आफ्नै प्रयास त्यागेका छन् ।
बेलायतले युक्रेनलाई निरन्तर समर्थन गरेको अवस्थामा, यी सबै गल्तीयुक्त विदेशी नीतिहरूले बेलायतको कमजोर आर्थिक प्रदर्शनलाई बढाएका छन् । बेलायतको अर्थतन्त्र उच्चस्तरको मुद्रास्फीति, कम आय, ठूलो मात्रामा–औद्योगिक अशान्ति र बढ्दो ऊर्जा मूल्यहरूले घेरिएको छ ।
सुनक सरकारसँग बेलायती अर्थतन्त्रलाई ठीक गर्ने रणनीति वा माध्यम नभएको देखिन्छ । त्यो सरकार यस वर्ष जी–७ मा सबैभन्दा खराब प्रदर्शन गर्नेमध्ये एक बनेको छ । बरु, उनको सरकारले निराधार आशावादको सहारा लिएको छ । यसले बेलायती जनताको लोकप्रियतामा उल्लेखनीय गिरावट आएको छ र चुनावमा पछाडि पर्ने देखिएको छ ।
कन्जरभेटिभ पार्टीको दक्षिणपन्थी गुट बेलायतलाई युरोपेली युनियनबाट बाहिरिन बाध्य पार्न राजनीतिकरूपमा पर्याप्त सफल भएको हुनसक्छ । तर, अन्त्यमा नाराद्वारा शासन गर्ने राजनीतिका सीमाहरू छन् र बेलायती जनता सो पार्टीको नीतिका कारण व्यापकरूपमा थकित भएका छन् । सरकारले कामभन्दा बढी बयानबाजी र घोटालालाई प्राथमिकता दिइरहको छ ।
एक वर्षपछि, सुनकको सरकार कमजोर देखिन्छ, प्रेरणा र दिशाको अभाव छ । यो स्पष्ट हुनुपर्दछ कि शरणार्थीहरूमाथिको क्रोधलाई दोब्बर पार्नु, अन्य चीजहरूका साथै, अर्थव्यवस्थालाई असहाय अवस्थामा छोड्नु प्रभावकारीरूपमा देश चलाउनको लागि कुनै विकल्प होइन । सुनकसँग आफ्नो कार्यक्रम पुनः सफल पार्न आवश्यक राजनीतिक इच्छाशक्ति, पहल वा कल्पना छजस्तो लाग्दैन ।
(लेखक राजनीतिक तथा ऐतिहासिक सम्बन्ध विश्लेषक हुन् ।)
– ‘ग्लोबल टाइम्स’ बाट
अनुवाद : प्रकाश
Leave a Reply