भर्खरै :

लण्डनमा प्यालेस्टाइनको समर्थनमा दसौँ हजारको प्रदर्शन

लण्डनमा प्यालेस्टाइनको समर्थनमा दसौँ हजारको प्रदर्शन

लण्डन, २८ अक्टोबर (स्काइ न्यूज) । गाजामा इजरायलको बमबारी बन्द गर्न माग गर्दै लण्डनमा दसौँ हजार मानिसहरू प्यालेस्टाइनको समर्थनमा प्रदर्शनमा सहभागी भएका छन् ।
संयुक्त अधिराज्यका म्यानचेस्टर र ग्लासगोलगायत अन्य सहरमा पनि ¥यालीहरू आयोजना गरिएकाले राजधानीमा करिब १ लाख प्रदर्शनकारीहरू भेला भएको प्रहरीले अनुमान गरेको छ ।
प्रदर्शनकारीहरूलाई रोक्न नसकेपछि लण्डन प्रहरीले प्रदर्शन तितरबितर पार्ने अनेक निहुँ खोजेको थियो र केही प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको थियो । केही संदिग्धलाई ह्वाइटहलमा एक प्रहरी अधिकारीमाथि आक्रमण गरेपछि पक्राउ गरिएको लण्डन प्रहरीले जनायो ।
युवा र वृद्ध प्रदर्शनकारीहरूले तटबन्धबाट र वेस्टमिन्स्टर ब्रिजमा प्यालेस्टाइनको झन्डा फहराउँदै र विभिन्न प्लेकार्डहरू बोकेर मार्च गरे, कोहीले ‘फ्री प्यालेस्टाइन’, ‘गाजामा बमबारी रोक’ र ‘इजरायली रङ्गभेद अन्त्य गर’ भनी नारा लगाएका थिए ।
“नदीदेखि समुद्रसम्म, प्यालेस्टाइन स्वतन्त्र हुनेछ”, भिडबाट सुनिएको नारामध्ये एउटा थियो ।
यो प्रदर्शन यो वेस्ट बैङ्कमा इजरायली कब्जा समाप्त गर्न गरिएको हो । धेरै यहुदी समूहहरूलगायत अरूका लागि, यो एक विरोधी नारा हो – जोर्डन नदीदेखि भूमध्यसागरसम्म फैलिएको राज्यको लागि आह्वान गर्दै, जसले इजरायललाई नक्साबाट मेटाउनेछ ।
इजरायलको विनाशको आह्वान गर्न ‘व्यापक रूपमा बुझिएको’ भनी गृहसचिव सुएला ब्रेभरम्यानले यो नारा यहुदीविरोधी भएको आरोप लगाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *