भर्खरै :

सन्दर्भ : विश्व पक्षघातविरुद्धको दिवस (स्ट्रोक किन हुन्छ ? कसरी जोगिने ?)

सन्दर्भ : विश्व पक्षघातविरुद्धको दिवस (स्ट्रोक किन हुन्छ ? कसरी जोगिने ?)
सानेपा घर भएकी ६० वर्षीया कान्छी थापाको अचानक शरीरको दायाँ भाग चल्न छोड्यो । बोली पनि स्पष्ट नबुझिने भयो । परिवारका सबै सदस्य आत्तिएर उनलाई अस्पताल पु¥याए । अस्पतालमा जाँच गर्दा थाहा भयो, स्ट्रोक भएको रहेछ ।
छिटो अस्पताल पु¥याएकाले नआत्तिन डाक्टरले आग्रह गरे । डाक्टरले भनेअनुसार औषधि दिएको दुई घण्टापछि उनी पहिलाको जस्तै बोल्न थालिन् ।
उनीजस्तै स्ट्रोक भएर ४ घण्टाभित्र अस्पताल आउने बिरामीलाई थ्रोम्बोलोसिस दिएपछि स्वास्थ्यमा छिटो सुधार हुने बताउँछन् वरिष्ट न्युरोलोजिस्ट बाबुराम पोखरेल । उनका अनुसार यदि ढिला गरेर अस्पतालमा पु¥याएमा स्ट्रोकका बिरामीले विभिन्न स्वास्थ्य समस्या भोग्नुपर्छ ।
स्ट्रोक भनेको के हो ?
वरिष्ठ न्युरोलोजिस्ट बाबुराम पोखरेलका अनुसार स्ट्रोकलाई सरल भाषामा भन्नुपर्दा फास्ट भन्ने गरिन्छ । यसको मतलब यदि अचानक अनुहार बाङ्गियो, हात सिधा भएन, बोली लरबरायो भने स्ट्रोक भयो भनेर बुझ्नुपर्छ ।
दिमागमा रगत सञ्चालनमा कमी आउनु वा नशा फुट्नु दुवै कन्डिसनमा स्ट्रोक भएको मान्न सकिन्छ । यदि दिमागकोे नशामा रगत सञ्चालनमा कमी आयो भने दिमागको जुन भागमा रगत सञ्चालन कमी भएको हो । त्यो भागले अक्सिजन पाउँदैन र अक्सिजन नपुगेपछि त्यो कोषले काम गर्न सक्दैन, त्यसपछि स्ट्रोक हुन्छ ।
खासमा स्ट्रोक ४५ वर्षभन्दा माथि उमेरका व्यक्तिहरूलाई हुने गर्दछ । तर, नेपालमा ४५ वर्षभन्दा कम उमेरका मानिसहरूलाई स्ट्रोक हुने गर्दछ । यसको मुख्य कारण उच्च रक्तचाप, मधुमेह र धूमपान सेवन देखिएको छ ।
स्ट्रोक दुई प्रकारका हुन्छन् – एउटा शरीरमा रगत सञ्चालन नपुगेर हुने गर्दछ भने अर्को नशा फुटेर हुने गर्दछ । यसलाई हामीले ब्रेन हेमरेज स्ट्रोक पनि भन्ने गर्दछौँ । यो उच्च रक्तचापले हुने गर्दछ ।
स्ट्रोक हुनुको प्रमुख कारण 
– स्ट्रोक हुनुको बढ्दो उमेर यसको एउटा प्रमुख कारण हो । महिलालाई भन्दा पुरुषमा स्ट्रोक हुने सम्भावना बढी हुन्छ ।
– धूमपान गर्ने व्यक्तिलाई स्ट्रोक हुने सम्भावना बढी हुन्छ ।
– उच्च रक्तचाप र मधुमेह स्ट्रोक हुनुको प्रमुख कारण मान्न सकिन्छ ।
– जसको मुटुको चाल गडबड छ, त्यसलाई पनि स्ट्रोक हुने सम्भावना बढी हुन्छ ।
स्ट्रोकका लक्षण
यदि अचानक अनुहार बाङ्गो भयो, आँखा देखिएन, बोली लरबरायो भने स्ट्रोक भयो भनेर अस्पतालमा जँचाउन जानु पर्छ ।
स्ट्रोक भएको थाहा पाएपछि के गर्ने ? 
स्ट्रोक भइसकेपछि जतिसक्दो चाँडो अस्पताल जानु पर्दछ । स्ट्रोक भएको ४ घण्टाभित्र अस्पताल लगियो भने बिरामीलाई छिटो निको बनाउन सकिन्छ । ४ घण्टाभित्र आएका ९० प्रतिशत बिरामीले उपचारपछि आफ्नो काम आफैँ गर्नसक्ने हुन्छन् । थ्रोम्बोलाइसिस भन्ने औषधि समयमै दिइएको खण्डमा बिरामीले आफ्नो काम आफैँ गर्नसक्ने हुन्छन् ।
नेपालमा स्ट्रोक अवस्था कस्तो छ ?
नेपाल स्ट्रोका कति बिरामी छन् भन्ने तथ्याङ्क छैन । तर, नुरोलोजीमा स्ट्रोक भएर अस्पतालमा आउने बिरामी दोस्रो नम्बरमा पर्छन् । समयमा अस्पताल नआएर हेलचेक्राइँ गरेर घरमा बस्दा जीवनभरि नै दुःख पाएका घटना पनि छन् ।
नेपालमा स्ट्रोक धेरै मानिसलाई हुने गर्दछ तर मानिसलाई स्ट्रोकबारे चेतना नहुँदा ढिला अस्पतालमा पुग्दछन् । महिनौँ फिजियोथेरापी गर्ने गर्नुपर्दछ । त्यतिमात्र होइन, लामो समय अस्पतालमा भर्ना भएर बस्दा स्वास्थ्यमा विभिन्न समस्या उत्पन्न हुन्छन् । जस्तैः इन्फेक्सन, प्रेसर अल्सर, निमोनिया हुने सम्भावना धेरै हुन्छ ।
स्ट्रोकबाट बच्न के गर्नुपर्छ ?
स्ट्रोकबाट बच्नको निमित्त जीवनशैली परिवर्तन गर्नुपर्दछ । धूमपान गर्नुहुँदैन । नियमित शारीरिक कसरत गर्ने बानी बसाल्नु पर्दछ र उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नुपर्दछ । त्यसो गर्दा केही हदसम्म स्ट्रोकबाट बच्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *