लोकेश्वर साकोसको नगरस्तरीय टेबलटेनिस प्रतियोगिता सम्पन्न
- पुष २८, २०८१
भक्तपुर, १८ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा कार्तिक १७ र १८ गते भएको भक्तपुर साकोस ¥यापिड नेसनल चेस च्याम्पियनशीपमा नेपाल च्याम्पियन रूपेश जैसवाल शतप्रतिशत नतिजाका साथ पहिलो हुन सफल भएको छ ।
शनिबार सम्पन्न पाचौँदेखि नवौँ चरणको खेलबाट क्रमशः दोस्रो स्थानमा बद्रीलाल नेपाली, तेस्रो स्थानमा आशिष फुँयाल, चौथो स्थानमा सुरोज महर्जन, पाँचौ स्थानमा क्षितिज भण्डारी, छैटौँ स्थानमा सुशील चौधरी, सातौँ स्थानमा सुश्रुत दाहाल, आठौँ स्थानमा पुरूषोत्तम सिलवाल, नवौँ स्थानमा राजेश कक्षपति र दशौँ स्थानमा केशव श्रेष्ठ हुन सफल भयो ।
त्यस्तै ५५ वर्षभन्दा माथिको विधामा जगन्नाथ ताम्राकार पहिलो र डी.एस. तुलाधर दोस्रो हुन सफल भयो ।
१२ वर्षमुनिको विधामा पहिलो अग्रिम सैंजू, दोस्रो एन्जल महर्जन, तेस्रो उज्जीवनी कँडेल हुन सफल भयो ।
१६ वर्षमुनिको विधामा प्रथम स्वर्णिम दुवाल, दोस्रो कुशल बेलबासे, तेस्रो सुदिन तुईँतुईँ हुन सफल भयो ।
महिलातर्पmको विधामा पहिलो पुनम प्रसाईं र दोस्रो सिन्दिरा जोशी हुन सफल भयो ।
१४०० रेटिङमुनि विधामा शुभम न्यौपाने उत्कृष्ट भए भने १६०० रेटिङमुनि विधामा सानुभाई महर्जन उत्कृष्ट हुनुभउो । १८०० रेटिङमुनि विधामा शैलेन्द्र कुमार न्यौपाने उत्कृष्ट भए । अनरेटेडतर्पm शुभम श्रेष्ठ उत्कृष्ट हुनुभयो । भक्तपुरका उत्कृष्ट खेलाडीहरूमा पहिलो योगेश श्रेष्ठ र दोस्रो विकास कुलुजू हुन सफल भयो ।
विजेताहरूलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ट्रफी, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
च्याम्पियनशीपमा पहिलोलाई नगद पुरस्कार रू.२५,०००, दोस्रोलाई रू. १५,०००, तेस्रोलाई रू. १०,०००, चौथोलाई रू. ७,०००, पाचौँलाई रू. ५००० र छैटौँदेखि दसौँलाई रू.४,००० व्यवस्था गरिएको थियो । त्यस्तै १२ वर्षमुनिका खेलमा पहिलोेलाई रू. ३०००, दोस्रोलाई रू. २,०००, तेस्रोलाई रू. १,५०० नगद पुरस्कारको व्यवस्था गरिएको थियो । १६ वर्षमुनिका खेलमा पहिलोलाई रू. ३,०००, दोस्रोलाई रू.२०००, तेस्रोलाई रू. १,५०० नगद पुरस्कारको व्यवस्था गरिएको थियो । त्यस्तै महिला खेलमा पहिलोलाई रू. ३००० र दोस्रोलाई रू. २००० र ५५ वर्षमाथिको खेलमा पहिलोेलाई रू. ३००० र दोस्रोलाई रू.२००० नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
त्यस्तै १४०० रेटिङमुनि, १६०० रेटिङमुनि र १८०० रेटिङमुनिका खेलाडीमध्ये उत्कृष्ट खेलाडीहरूलाई रू.३०००, अनरेटेडतर्पm उत्कृष्ट खेलाडीलाई रू. ३००० र भक्तपुर जिल्लाका उत्कृष्ट खेलाडीहरूमध्ये पहिलो हुनेलाई रू. ३००० र दोस्रो हुनेलाई रू. २००० नगद पुरस्कारको व्यवस्था गरिएको थियो ।
पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले बुद्धिचाल खेल र राजनीतिक खेल मिल्दोजुल्दो हुने भएकाले खेलाडीहरूले गरेको उत्कृष्ट प्रदर्शनको कदर गर्नुभयो ।
नगरपालिकाले खेलकुदको विकासको लागि नियमितरुपमा खेलकुद गतिविधिका गर्नुका साथै अन्तर नगर खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
प्रमुख अथिति, अथिति र सहयोगी सङ्घ संस्था र निर्णायकहरूलाई मायाको चिनो प्रदान गर्दै आयोजक साकोसका अध्यक्ष निर्मल प्रजापतिले खेलाडीहरूको साथ सहयोग र समर्पणले सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा अन्तरर्राष्ट्रिय आर्विटर निराजन प्रजापति, संस्थाका सचिव जगनाथ प्रजापति र संस्थाका सञ्चालक सदस्य एवं खेलकुद उपसमितिका संयोजक राजेश प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply