पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
यो वर्षको आरम्भमा इजरायली वित्तमन्त्री बेजालेल स्मोत्रिचले पेरिसमा भएको एक कार्यक्रममा भने, “प्यालेस्टिनी भन्ने केही छँदै छैन किनभने प्यालेस्टिनी जनता नामको केही पनि छैन ।” उनले पश्चिम किनार क्षेत्रस्थित हुवारा नामक नगरलाई “इजरायलले ध्वस्त पार्नुपर्छ” पनि भने । गाजामा मारकाट मच्चाउनुभन्दा केही हप्ताअगाडि संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले “नयाँ मध्यपूर्व” को भन्दै पश्चिम किनार, गाजा वा पूर्वी जेरुसेलम नभएको नक्सा देखाए ।
बुधबार इजरायली राष्ट्रवादी दल लिकुद पार्टीकी संसद् सदस्यले जे बोलिन् त्यसबाट इजरायली सरकार गाजामाथि बमबारी गर्दै त्यहाँ बासोबास गर्दै आएका २० लाखभन्दा बढी प्यालेस्टिनी जनताको नरसंहारमा उत्रेको प्रमाणित हुन्छ । ती प्यालेस्टिनीहरूलाई मार्न र तिनलाई जबर्जस्ती हटाउन आह्वान गर्दै इजरायली संसद्मा ती सांसद्ले भनिन्, “गाजालाई नामेट पार्नुपर्छ ।”
संरा अमेरिकालगायत पश्चिमा देशहरूको सहयोगमा इजरायलले गत अक्टोबर ७ यता हमास समूहलाई नष्ट गर्न गाजा सहरमाथि बमबारी अनिवार्य छ भन्दै आएको छ । अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमाथि अचानक हमला गरेको थियो । हमलामा परेर १४ सय मानिस मारिएका थिए भने २०० भन्दा बढी मानिसहरू घाइते भएका थिए । यद्यपि इजरायली सेनाले लगातार सर्वसाधारण जनतालाई तारो बनाउँदै आएको छ र झन्डै ९ हजार प्यालिस्टिनी जनतालाई मारिसकेको छ । मृतकहरूमध्ये ३५ सय त बालबालिका मात्र छन् ।
हमास समूहका लडाकुहरूले शरीरमा राखेका क्यामेराबाट अक्टोबर ७ मा फुटेजहरू खिचिएको थियो । ४५ मिनेटसम्म ती फुटेजहरू देखाएपछि इजरायली सांसद एवम् पूर्व सार्वजनिक कूटनीतिमन्त्री गालित दिस्तेल आत्बारियानले फेसबुकमा एउटा पोस्ट गरिन् । त्यसमा उनले इजरायली अधिकारीहरूले आफ्नो सम्पूर्ण बलबुता लगाएर “एउटै कुरामा अर्जुन दृष्टि लगाउनुपर्छ र पृथ्वीबाट गाजा क्षेत्रलाई नामेट पार्नुपर्छ” भनिन् ।
“ती बहादुर राक्षसहरू दक्षिणी तारबार नाघ्नेछन् र इजिप्टको भूभागमा पस्नेछन्”, आत्बारियानले भनिन् । उनले इजरायली आक्रमणमा परेर ज्यान जोगाउँदै प्यालेस्टिनीहरू इजिप्टको साइनाइ प्रायःद्वीपतिर भाग्ने र यसप्रकार तिनलाई सदाका लागि धपाउने इजरायली योजनातिर सङ्केत गरिन् । पत्रपत्रिकामा आएको यो इजरायली योजनालाई ‘दोस्रो नकबा’ को रुपमा हेरिँदै छ । सन् १९४७–४८ मा ‘पहिलो नकबा’ भएको थियो । त्यसमा परेर साढे ७ लाख प्यालेस्टिनीहरू विस्थापित भएका थिए भने १५ हजारभन्दा बढी मारिएका थिए ।
आत्बारियानले भनिन्, “नत्र तिनलाई यही मर्न देऊ । गाजालाई नामेट पार्नैपर्छ । यहाँनिर बदला लिने भावना भएका कडा इजरायी सेनाको आवश्यकता पर्छ । यसमा खरो नउत्रे अनैतिक हुनेछ ।”
“(आत्बारियानको फेसबुक पोस्टले) नरसंहारकारी नियत प्रस्ट्याउँछ”, फ्राङ्क म्याकडोनल्डले भने । उनी ‘आइरिस टाइम्स’ का पूर्व वातावरणीय सम्पादक एवम् लेखक हुन् ।
आत्बारियानले भनेजस्ता अनेक सार्वजनिक भनाइ आए पनि संरा अमेरिका र अन्य पश्चिमा सरकारहरूले ‘इजरायल मध्यपूर्वको एकमात्र प्रजातान्त्रिक देश हो’ भन्दै जोड दिन छोडेको छैन – लेखक तथा सङ्गठक फियोना एडवड्र्सले भनिन् ।
इजरायली सरकारले गाजामा जस्तो हिंसात्मक योजना लागु गर्दै छ त्यसलाई विश्वसामु दम्भपूर्वक घोषणा गर्ने इजरायली अधिकारीहरूको लहरमा आत्बारियान पछिल्ली पात्र मात्र हुन् । अक्टोबर ७ को घटना र त्योभन्दा अगाडि पनि यस्ता अभिव्यक्तिहरू आइरहन्थे ।
इजरायली रक्षामन्त्री योआभ गालान्तले गाजाबासीहरूलाई ‘नरपशु’ भने र गाजालाई ‘पूर्णरुपमा कब्जा’ गर्न आदेश दिए । उनले गाजामा रसद, इन्धन र बिजुलीको आपूर्तिलाई ठप्प पार्न आदेश दिएका छन् । जब कि गाजाबासीमध्ये आधा बालबालिका छन् ।
पूर्व सैन्य अधिकरी एलियाहु योसियनले इजरायली सेनालाई ‘बदला लिने भावनाले नैतिकता नै नराखी धेरेभन्दा धेरै लास जम्मा गर्ने उद्देश्यले’ गाजामा पस्नुपर्छ भने । उनले गत सोमबार इजरायली मिडिया ‘च्यानल १४’ लाई “गाजामा मान्छे नै छैनन्, २५ लाख आतङ्कवादीहरू छन्” भने ।
यो वर्षको आरम्भमा इजरायली वित्तमन्त्री बेजालेल स्मोत्रिचले पेरिसमा भएको एक कार्यक्रममा भने, “प्यालेस्टिनी भन्ने केही छँदै छैन किनभने प्यालेस्टिनी जनता नामको केही पनि छैन ।” उनले पश्चिम किनार क्षेत्रस्थित हुवारा नामक नगरलाई “इजरायलले ध्वस्त पार्नुपर्छ” पनि भने । गाजामा मारकाट मच्चाउनुभन्दा केही हप्ताअगाडि संयुक्त राष्ट्रसङ्घको महासभामा बोल्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले “नयाँ मध्यपूर्व” को भन्दै पश्चिम किनार, गाजा वा पूर्वी जेरुसेलम नभएको नक्सा देखाए ।
“उनीहरू जातीय नरसंहार मच्चाउने ताकमा छन् भन्नेमा अझै पनि शङ्का छ र ?”, बुधबार आत्बारियानको वक्तव्य आएपछि मुहम्मद शेहादाले भने । शेहादा मानव अधिकार निगरानी समूहका सम्पर्क प्रमुख हुन् ।
सांसद आत्बारियान नेतन्याहुको दल लिकुद पार्टीकी नेता हुन् । उनले नेतन्याहुकै बोली बोल्दै आएकी छिन् !
(एमआर अनलाइन)
Leave a Reply