क्रान्तिकारी महिलाहरूमाझ ‘कालो दिन’ को विरोध तथा भत्र्सना
- भाद्र ६, २०८३
भक्तपुर, १९ कार्तिक । भक्तपुर नगरपालिका वडा नं १० नगाँचास्थित रवी पुरीको मौलिक शैलीको घरको चोकमा फोटोग्राफर सुरेशराज शाक्यको एकल फोटो प्रदर्शनी चालु रहेको छ ।
कार्तिक १६ गतेदेखि सुरु भएको सो फोटो प्रदर्शनी कार्तिक २० गतेसम्म चल्ने आयोजक शाक्यले जानकारी दिनुभयो । कार्तिक १९ गतेसम्म प्रदर्शनी हुने भनिए तापनि दर्शकहरूको चाप बढेको कारण प्रदर्शनी २० गतेसम्म चालु रहने आयोजक शाक्यले बताउनुभयो । जात्रापर्व, मानिसको जीवनशैली, कला, सम्पदा तथा संस्कृतिसित सम्बन्धित रहेको उक्त फोटो प्रदर्शनीमा ८५ वटा साना–ठूला आकारका फोटोहरू प्रदर्शनीमा राखिएका छन् ।
फोटो प्रदर्शनीमा महिलाहरूले इनारमा पानी लिइरहेको, पाटी–पौवामा बसेर भजनमा गीत गाइरहेको, दीपङ्कर पर्व† कृष्ण जन्माष्टमीको दिन भएको ¥याली, कसिमला पाँय् खेलिरहेको, बेलविवाह, भिक्षुहरूको भिक्षाटन, हनुमानघाटमा स्नान गरिरहेको फोटो प्रदर्शनीमा रहेका छन् । त्यस्तै, तरकारी बेचिरहेको कृषक, अदुवाको बोट बेचिरहेको वृद्धा, गाथामुग, बिस्केटमा बेत द्योलाई गरिरहेको पूजा, घरेलु सामान बनाइरहेको, तमाखु खाइरहेको, पूजाको लागि बत्ती काटिरहेको, भक्तपुरको दरबार क्षेत्रका विभिन्न दृश्य र सो¥ह श्राद्ध आदि कला–संस्कृति, सम्पदा, जात्रा र जनजीवनसित सम्बन्धित फोटोहरू प्रदर्शनीमा राखिएका छन् ।
यसअघि ०५६ सालमा लाय्कुको ताहा फल्चा (लामो पाटी) मा संयुक्त फोटो प्रदर्शनी गरिएको थियो । यसपछि अर्काे फोटो प्रदर्शनी कार्तिक १६ गते भएको थियो । उक्त फोटो प्रदर्शनीको उद्घाटन अस्ट्रेलियाका राजदूतले गर्नुभएको थियो ।
फोटोग्राफर शाक्यले फोटोग्राफी २०५० सालदेखि थालनी गर्नुभएको थियो । फोटोको काम गर्ने इच्छा भएका शाक्यले हाल त्यसलाई पेसाको रूपमा विकास गर्नुभएको छ ।
Leave a Reply