साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, २० कार्तिक । सिद्धि कृषि सहकारी संस्था लि.को ११ औँ वार्षिक साधारणसभाको सोमबार नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथि गोसाईले सरकारको गलत आर्थिक र कृषि नीतिका कारण विगतमा कृषि उपज निर्यात गर्न सक्ने देश अहिले खर्बौँको आयात गर्नुपर्ने अवस्थामा पुगेको बताउँदै देश आत्मनिर्भर बन्न कृषिमा पहिले आत्मनिर्भर बन्नुपर्छ भन्नुभयो ।
उहाँले देशमै रासायनिक मलको उत्पादन र समयमै किसानलाई मल उपलब्ध गराउने पक्षमा आजसम्मका कुनै सरकार नभएको बताउँदै कमिसनको लागि कृषिमन्त्री बन्नेहरू रहेसम्म कृषि क्षेत्र उँभो लाग्न नसक्ने बताउनुभयो ।
किसानहरू पेसागत ज्ञान सीपका साथै राजनीतिकरूपमा पनि सचेत र सङ्गठित हुनुपर्नेमा जोड दिँदै प्रदेश सांसद गोसाईले जग्गा जमिन बाँझो राख्न नहुने बताउनुभयो ।
उहाँले खेतीपातीमा रासायनिक मलको मात्र प्रयोग नगरी कम्पोष्ट मलको प्रयोग बढाउँदै जानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगर किसानको बाहुल्य नगर भनी चिनिए तापनि विस्तारै नगरवासीहरूको पेसा परिवर्तन हुँदै गएको बताउनुभयो ।
उहाँले बाँकी खेत वा जग्गामा आधुनिक विधि र प्रविधिले खेती गर्न सके थोरै क्षेत्रफलमा धेरै उत्पादन हुने बताउँदै खेत नहुनेले कौसी खेती गरेर तरकारी उत्पादन गरी समयको सदुपयोग र पैसा बचत गर्न सक्ने औँल्याउनुभयो ।
उहाँले भनपाले वडा वडामा माटो परीक्षण शिविर आयोजना गरेको, कौसी खेती र रासायनिक मलको उचित प्रयोगसम्बन्धी तालिम दिइरहेको बताउनुभयो ।
भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले कृषियोग्य जग्गामा प्लटिङ र घर निर्माण बढेपछि भक्तपुरमा किसान र कृषि मजदुरको सङ्ख्या घट्दै गएको बताउँदै स्थानीय उत्पादन घटेमा तरकारीलगायत कृषि उपज अत्यधिक महँगो हुने बताउनुभयो ।
अरु देशमा खेतीपाती गर्नसमेत नेपाली युवा सस्तो ज्यामीको रूपमा लाने गरेको तर नेपालमा कृषि पेसा गरेर जीवन निर्वाह गर्न कठिन हुनुमा सरकारको गलत नीति जिम्मेवार रहेको उहाँले बताउनुभयो ।
युवा जनशक्ति विदेश पठाएर देशको विकास नहुने बताउँदै उहाँले रोजगारको लागि नेपालमै कृषिको विविधीकरण गर्नुपर्ने बताउनुभयो ।
संस्थाको सञ्चालक समितिका अध्यक्ष पुण्यराम दुमरुको सभापतित्वमा भएको कार्यक्रममा सिद्धि गणेश साकोका अध्यक्ष रुद्रनारायण लाखाजू, राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका बालीविज्ञ सङ्गीता कटुवाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव चन्द्रमान सुवालले प्रगति प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण सुकुपायोले आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक श्यामकृष्ण दुमरुले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभयो भने राम वैद्यले पनि बोल्नुभएको थियो ।
Leave a Reply