भर्खरै :

समाजवादी क्रान्तिले समाजको द्रुत विकास गर्ने

समाजवादी क्रान्तिले समाजको द्रुत विकास गर्ने

भक्तपुर, २१ कार्तिक । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलको आयोजनामा १०६ औँ अक्टोबर समाजवादी क्रान्ति दिवसको अवसरमा मङ्गलबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले समाजवादी क्रान्तिले समाजको दु्रत विकास गर्ने चर्चा गर्दै भन्नुभयो, “सन् १९१७ मा रुसमा दुई ओटा क्रान्ति भयो । फेब्रुअरी क्रान्ति पुँजीवादी थियो भने अक्टोबर क्रान्ति समाजवादी थियो ।”
“अक्टोबर समाजवादी क्रान्तिले राज्यको स्वामित्वमा उत्पादन र वितरण सुरु ग¥यो । परिणाम पुँजीवादी क्रान्तिको २–३ सय वर्षको उपलब्धि बराबर समाजवादी क्रान्तिले २०–३० वर्षमा प्राप्त ग¥यो ।”, उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, “लेनिन नेतृत्वको बोल्शेभिक पार्टीले पुँजीवादी सरकारमा नगई संसद्को चुनावमा प्रतिनिधिहरू पठाएर क्रान्तिकारी उपयोग ग¥यो । कम्युनिस्टहरू पुँजीवादी सरकारमा नजाने यो उदाहरण पनि हो ।”
नेपालमा भएको २०४६ र २०६२/०६३ सालको आन्दोलन पुँजीवादी आन्दोलन भएको हुँदा नेपाल मजदुर किसान पार्टी पुँजीवादी सरकारमा नगई संसद्को क्रान्तिकारी उपयोग गरिरहेको उल्लेख गर्दै उहाँले नेपालमा अक्टोबर समाजवादी क्रान्तिजस्तो आन्दोलन भएको छैन, पुँजीवादी सरकारको भागबन्डा खानेहरू साँचो अर्थमा कम्युनिस्ट होइनन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “शिक्षक शिक्षिकाहरूले विद्यालय र कलेजका पाठ्यपुस्तकमात्र अध्ययन गरेर पुग्दैन । यसबाहिर ज्ञानको असङ्ख्य भण्डार छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा प्रकाशित हाम्रा पुस्तकहरू अध्ययन गरी विद्यार्थीहरूलाई प्रतिस्पर्धी बनाउन शिक्षक शिक्षिकाहरू लाग्नु जरुरी छ ।”
भौतिकवाद र अन्धविश्वास फरक छ† शिक्षक शिक्षिकाहरूले विद्यार्थीहरूलाई विज्ञानसम्मत भौतिकवादी शिक्षा दिनु जरुरी छ† अन्धविश्वासको शिक्षा दिनु हुँदैन भन्दै उहाँले भन्नुभयो, “पुँजीवादको उच्चतम रूप साम्राज्यवाद हो । पहिलो र दोस्रो विश्वयुद्ध साम्राज्यवादकै कारण भएको हो । साम्राज्यवादीहरूले स्रोत, साधन र बजार कब्जा गर्न युद्ध गर्छन् । युक्रेन र प्यालेस्टिनमा अमेरिकी साम्राज्यवादको हालको युद्ध पछिल्ला उदाहरण हुन् । साम्राज्यवादीहरूले युद्ध सुरु गरेपछि संसारका बहुसङ्ख्यक मानिस खाद्यान्न र इन्धनको अभावमा बाँच्न बाध्य छन् ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले अक्टोबर समाजवादी क्रान्तिको बारेमा जान्न र बुुझ्नको लागि अध्यक्ष बिजुक्छेँद्वारा लेखिएका पुस्तकहरूको अध्ययन गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य बदनकेशरी प्रजापतिले शासितवर्ग पहिलेकै अवस्थामा रहन नसक्नु र शासकवर्गले पनि आफूले चाहेअनुसार शासन गर्न नसकेको अवस्थामा क्रान्ति हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *