भर्खरै :

नेपाल संवत् ११४४ को शुभकामना सांस्कृतिक ¥याली कार्तिक २७ गते

नेपाल संवत् ११४४ को शुभकामना सांस्कृतिक ¥याली कार्तिक २७ गते

भक्तपुर, २२ कार्तिक । नेपालभाषा साहित्य तःमुंज्याको बुधबार बसेको बैठकले नेपाल संवत् ११४४ को शुभकामना सांस्कृतिक ¥याली कार्तिक २७ गते बिहान ७ः०० बजे गर्ने निर्णय गरेको छ । तःमुंज्याले ¥याली भक्तपुरको सूर्यमढी र टौमढीबाट एकसाथ सुरू गर्ने निर्णय गरेको छ ।
सांस्कृतिक ¥यालीमा भक्तपुर नगरपालिका वडा नं १ देखि ५ सम्मका सांस्कृतिक टोली टौमढीबाट र वडा नं ६ देखि १० सम्मका सांस्कृतिक टोली सूर्यमढीबाट सहभागी हुने तःमुंज्याले जनाएको छ ।
दुवै ¥याली खौमास्थित मास्टर जगतसुन्दर मल्लको प्रतिमामा पुगी माल्यार्पण हुनेछ । त्यसपछि शुभकामना सभा हुनेछ ।
शुभकामना सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुभकामना ¥यालीको सुरूमा सूर्यमढीमा तःमुंज्याका सल्लाहकार ज्ञानसागर प्रजापति र टौमढीमा तःमुंज्या मूल समितिका सदस्य प्रेमगोपाल कर्माचार्यले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल संवत् ११४४ को शुभकामना सांस्कृतिक ¥यालीमा सहभागी हुन सम्पूर्ण जनतामा तमुंज्याले आह्वान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *