भर्खरै :

कीर्तिपुरमा १०६ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस

कीर्तिपुरमा १०६ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस

कीर्तिपुर, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा बुधबार ‘श्रमिक’ अध्ययन गोष्ठी भयो । अध्ययन गोष्ठीमा रुसको १०६ औँ अक्टोबर समाजवादी क्रान्तिबारे प्रकाशित आलेखबारे आ–आफ्नो विचार राख्नुभएको थियो ।
नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले अक्टोबर क्रान्तिको शिक्षा लिएर नेपालको राजनीतिक आन्दोलनमा सक्रिय भएको भए ४६ र ६३ सालको आन्दोलनबाट नै नेपालमा ठूलो परिवर्तन हुनसक्ने बताउनुभयो । उहाँले रुसमा जारशाहीविरुद्ध फेब्रुअरीमा भएको पुँजीवादी क्रान्तिपछि पुँजीवादी सरकारमा नफसी समाजवादी क्रान्तिलाई अगाडि बढाएर कम्युनिस्ट सरकार स्थापना गरेको बताउनुभयो ।
उहाँले अहिलेका कम्युनिस्ट भनाउँदा सरकारमा रहेका पार्टीले कम्युनिस्टको आचरण नभएको बताउनुभयो ।
कार्यक्रममा पार्टीका पूर्वकेन्द्रीय सदस्य प्रशान्त महर्जनले सरकारमा रहेको पार्टीले कुराभन्दा व्यवहारिक काम गरेर देखाउनुपर्ने बताउनुभयो ।
नेमकिपाका विन्दिरा महर्जनले एमसीसी सम्झौताले नेपालको जलविद्युत् कब्जा गर्ने हुँदा एमसीसी खारेज गर्न आन्दोलन गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका रामगोपाल महर्जनको सभापतित्वमा भएको कार्यक्रममा कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *