भर्खरै :

दैलेखमा ‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया

दैलेखमा ‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया

दैलेख, २२ कार्तिक । चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ८ मा ‘श्रमिक’ साप्ताहिकका पाठकहरूबिच सोमबार अन्तरक्रिया कार्यक्रम भयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेमकिपा नगर समितिका अध्यक्ष तथा चामुण्डा विन्द्रासैनी वडा नं ३ का पूर्ववडाध्यक्ष निरकबहादुर शाहीले असल विचारलाई ग्रहण गर्न नसक्दा देश बिग्रँदै गएको उल्लेख गर्नुभयो ।
‘श्रमिक’ साप्ताहिकले बाहिर आउन नसकेका घटना जनताको बिचमा पु¥याइरहेको उल्लेख गर्दै उहाँले असल राजनीतिले मात्र देशमा परिवर्तन सम्भव हुन्छ भन्नुभयो ।
पूर्ववडाध्यक्ष वीरबहादुर शाहीले ‘श्रमिक’ साप्ताहिकको मुख्य कुराको टिपोट गरिराखे इतिहास नै तयार हुनसक्छ भन्नुभयो ।
चामुण्डा विन्द्रासैनी नगरपालिकाका कार्यपालिका सदस्य मनबहादुर बिकले ‘श्रमिक’ साप्ताहिकले तल्लोवर्गका जनताका आवाजलाई उत्थान गर्दै आएको चर्चा गर्नुभयो ।
भैरव माविका शिक्षक हर्कबहादुर शाहीले ‘श्रमिक’ साप्ताहिकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सूचना प्रवाह गरिरहेको बताउनुभयो भने शान्तिप्रसाद शर्माले ‘श्रमिक’ साप्ताहिकको अध्ययनले आफूलाई राजनैतिक खुराक प्रदान गरिरहेको उल्लेख गर्नुभयो ।
समाजसेवी धनराज भण्डारीले ‘श्रमिक’ साप्ताहिकले राजनैतिक विसङ्गतिविरुद्धका लेखहरूको माध्यमबाट समाजवादी व्यवस्थाको प्रचार गरिरहेको प्रस्ट पार्नुभयो ।
चाविनपा वडा नं. ८ का सचिव ललितबहादुर शाही, किसान लघुवित्तका वसन्त देवकोटा, जनप्रतिनिधि लवराज ढकाल, जयकला बिक, शिक्षकहरू शिवराज ढकाल, मदन भण्डारी, टेकप्रसाद रेग्मी, वडा नं. ७ को सामाजिक परिचालक छवि चौलागाई, दानबहादुर बिक, बालिराम रेग्मी, डिल्लीप्रसाद शर्मा, कटक खड्का, जीवबहादुर शाही र डेकेन्द्र न्यौपानेले पनि विभिन्न सुझाव राख्नुभएको थियो ।
अन्तरक्रियामा दीपक शाहीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *