भर्खरै :

बासु माविमा टेबुलटेनिस प्रतियोगिता सम्पन्न

बासु माविमा टेबुलटेनिस प्रतियोगिता सम्पन्न

भक्तपुर, २२ कार्तिक । संयुक्त परीक्षा समितिको निर्णयअनुसार बासु माध्यमिक विद्यालयको आयोजनामा बुधबार टेबुलटेनिस प्रतियोगिता सम्पन्न भयो ।
टेबुलटेनिस प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गर्दै कार्यक्रमका अतिथि एवं वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नगरपालिकाले खेलकुदलाई प्राथमिकता दिँदै प्रत्येक वर्ष प्रतियोगिता गरिरहेको बताउनुभयो । भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यमा गरेको उदाहरणीय कामलाई अन्य स्थानीय तह र देश बाहिरका प्रतिनिधिहरूले पनि अध्ययन गरिरहेको चर्चा गर्दै उहाँले खेलाडीहरूले देशभित्र र बाहिर घटेका घटनाका विषयमा पनि जानकार हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा वागीश्वरी माविका प्राचार्य कृष्णप्रसाद धन्छाले टेबुलटेनिस एउटा कूटनीतिसँग जोडिएको खेल हो भन्नुभयो ।
जोरपाटी माविका प्राचार्य हरिप्रसाद ढकालले यो खेल विद्यार्थीकेन्द्रित भएको बताउनुभयो ।
टेबुलटेनिस प्रतियोगितामा छात्रतर्फ आदर्श आजाद माविका रोमन थापामगर प्रथम, आशिष लिवी (वागीश्वरी) द्वितीय, विजय लामा (बासु) र अञ्जन श्रेष्ठ तृतीय हुन सफल भयो । त्यस्तै छात्रातर्फ प्रथम लिजा भट्टराई (वागीश्वरी मावि), द्वितीय मिङ्मा छेकी शेर्पा (जोरपाटी मावि) तृतीय आयुषा पोखरेल बासु र आरती रानामगर जोरपाटी रहेका छन् ।
टेबुलटेनिस प्रतियोगिताको उद्घाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष हरिप्रसाद बासुकलाले रेफ्री इन्द्रभक्त पञ्चलाई बल हस्तान्तरण गरी गर्नुभयो । विद्यालयका प्रधानाध्यापक अम्बिका न्याइच्याईको सभापतित्वमा भएको उक्त कार्यक्रममा सहप्रायार्च रविलाल प्रधान, रामकुमार निरौला र पुनेन्द्रप्रसाद कुसीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *