भर्खरै :

लिशामा पुस्तक अध्ययन गोष्ठी

लिशामा पुस्तक अध्ययन गोष्ठी

भक्तपुर, २३ कार्तिक । नेपाल क्रान्तिकारी महिला सङ्घ लिशा इङ्गलिस स्कूल एकाइ समितिको आयोजनामा बिहीबार पुस्तक अध्ययन गोष्ठी भयो ।
गोष्ठीमा नेक्रामहिला सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष एवं वाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले पठन संस्कृतिको अभियानमा शिक्षक शिक्षिकाहरू सक्रिय सहभागी हुनुपर्नेमा जोड दिँदै आफ्नो अध्ययनलाई समाज र देशसँग जोड्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
विद्यालयको पुस्तकालयमा प्रगतिशील साहित्य हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पुस्तक अध्ययन एक बौद्धिक अभ्यास हो, रिडर नबनिकन लिडर हुँदैन भन्नुभयो ।
साम्राज्यवादी संरा अमेरिकाले वम वर्षा, आक्रमणबाहेक अरू देशका खनिज तथा स्रोत साधन कब्जा गर्ने युद्ध चलाइरहेको चर्चा गर्दै उहाँले स्वाधीन र सार्वभौम देशहरूमा आर्थिक नाकाबन्दी गरेर जनजीवनमा असर पु¥याउने काम गरिरहेको बताउनुभयो ।
‘मजदुर’ दैनिकका सम्पादक विष्णुगोपाल कुसीले देशको जनशक्ति तयार गर्ने शिक्षकहरू समाज परिवर्तनका आशाका केन्द्र हुन् भन्नुभयो ।
उहाँले विचारमा खिया लागेपछि परिवार, समाज र देश नै बिग्रिने हुनाले शिक्षकहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ भन्नुभयो ।
लिशा इङ्गलिस सेकेन्डरी स्कूलको व्यवस्थापन समितिका अध्यक्ष बलराम प्रजापतिले देश विदेशको विषयमा जानकारी भइरहन विभिन्न पुस्तकहरू अध्ययन गरिरहनुपर्ने विचार व्यक्त गर्दै विदेशमुखी शिक्षा परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
लिशा इङ्गलिस स्कूलका प्रिन्सिपल लिशा प्रजापतिले आफ्नो व्यक्तित्व विकास गर्न, ज्ञान र सीप बढाउन अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
आयोजक समितिका अध्यक्ष कृष्णश्वरी दुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रेरणा शर्मा, नारायणी श्रेष्ठ, सुजना कुसी, सङ्गीता कोजूले आ–आफूले गरेको पुस्तकको अध्ययनबारे बताउनुभयो ।
सोही भेलाले कृष्णश्वरी दुवालको अध्यक्षतामा नेपाल क्रान्तिकारी महिला सङ्घ लिशा इङ्गलिस सेकेन्डरी स्कूल एकाइ समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *