भर्खरै :

प्रभातमा शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण

प्रभातमा शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण

भक्तपुर, २४ कार्तिक । प्रभात इङ्गलिस सेकेन्डरी स्कूलमा शुक्रबार नेपाल संवत् ११४४ को शुभकामना आदानप्रदान तथा पुरस्कार वितरण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपाका सचिव एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले कार्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भई गएको ६.४ म्याग्निच्युडको भूकम्पबाट विद्यालयहरू पनि भत्किएको, केही विद्यार्थीको मृत्यु भएको र अहिले त्यहाँ विद्यार्थीको पढाइ बन्द भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “२०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भई गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट भक्तपुरका धेरै घर भत्किएर विद्यार्थीहरूको पनि मृत्यु भयो ।”
इजरायली फासीवादले प्यालेस्टिनीहरूविरूद्ध वम वर्षा गर्दा हजारौँ प्यालेस्टिनी विद्यार्थीहरूको मृत्यु भयो भने धेरै विद्यालय र अस्पतालहरू ध्वस्त भए, सांसद सुवालले उल्लेख गर्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “प्यालेस्टिनी विद्यार्थीहरूको पक्षमा, उनीहरूका आमाबुबाको पक्षमा नेपाली विद्यार्थीहरूले पनि आवाज उठाउनु जरूरी छ ।”
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् अतिरिक्त क्रियाकलाप तथा अभिभावक परामर्श समितिका संयोजक गौतमप्रसाद लासिवाले बिदामा पनि अध्ययन गर्न जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले सही ढङ्गले चाडबाड मनाउनुपर्छ भन्नुभयो ।
समितिका अर्का सदस्य रोशनमैयाँ सुवालले धूमपान, मद्यपान सेवन नगर्न आग्रह गर्नुभयो । विद्यालयका प्रिन्सिपल वदनकेशरी प्रजापतिले सम्बन्धित सबैमा शुभकामना दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *