भक्तपुर नगरका ढुङ्गेधाराहरूबारे एक चर्चा
- मंसिर १५, २०८०
भक्तपुर, २४ कार्तिक । नेपाल मजदुर किसान पार्टी इनाचो–चोर्चा एकाइ समितिको आयोजनामा १०६ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस तथा नेपाल संवत् ११४४ को भिन्तुना कार्यक्रम बिहीबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले ३ सय वर्ष अगाडि भक्तपुर अतिक्रमण गर्दाको अवस्था र हाल गाजाको अवस्था झन्डै उस्तै रहेको बताउनुभयो ।
अमेरिकाले इजरायलको सहयोगमार्फत गाजामा रचेको फाँसीवादी र जातीय संहारबारे चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईले जनता र राष्ट्रको औचित्य कायम राख्न नागरिकमा राजनीतिक चेतना आवश्यक रहेको बताउनुभयो ।
उहाँले नेमकिपाले समाजवादको हरेक सिद्धान्त आत्मसात गर्दै अगाडि बढेकै कारण अरू पार्टीभन्दा भिन्न रहेको बताउनुभयो ।
उहाँले सङ्गठनका कार्यकर्ताहरू पार्टी अनुशासनमा रही सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका जितेन्द्र मुनंकर्मीले चीनको सहरमा घटेको इतिहासको स्मरण गर्दै राष्ट्र हाक्ने नेता, राजा वा राष्ट्रपति जनताको जीवनस्तर उकास्नको निमित्त समर्पित भएमात्र जनताले उनीहरूप्रति मान राख्ने बताउनुभयो ।
हरेक राष्ट्र सेवकले निःस्वार्थ सेवा दिएमात्र दिगो विकासको सम्भव रहेको धारणा राख्दै उहाँले नेमकिपाको परिश्रम र मेहनतकै कारण भक्तपुर नमुना सहर बन्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा आयोजक एकाइ समितिका उपाध्यक्ष विष्णुराम दुमरू र चन्द्रप्रसाद दुमरूले पनि बोल्नुभएको थियो ।
Leave a Reply