भर्खरै :

समझदारी साकोसको सो¥हौँ वार्षिक साधारणसभा

समझदारी साकोसको सो¥हौँ वार्षिक साधारणसभा

भक्तपुर, २५ कार्तिक । “देशभक्तिपूर्ण आन्दोलनलाई जनताले समर्थन गर्नुपर्छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समझदारी बचत तथा ऋण सहकारी संस्थाको सो¥हौँ साधारणसभाको उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
अहिले प्यालेस्टाइनीहरूले दुःख पाइरहेका छन् । इजरायली सेनाले आम नरसंहार गरिरहेको छ । यस्तो सङ्कटको बेला हामीले आवाज उठाउनु नागरिकको अन्तर्राष्ट्रिय कर्तव्य हो, उहाँले भन्नुभयो ।
नेपालीहरू रोजगारीको निम्ति विदेशिने गरेको बारे स्पष्ट पार्दै उहाँले भन्नुभयो, “हाम्रा युवाहरूमा शैक्षिक योग्यता सँगसँगै सीप पनि हुनुपर्छ । सीप भएको युवाको लागि कामको खाँचो पर्दैन । हामीले काम खोजेर हिँड्ने होइन कामले हामीलाई खोज्ने वातावरण तयार गर्नुपर्छ ।”
सहकारी संस्थाहरूले सांस्कृतिक, खेलकुद प्रशिक्षणलगायत विभिन्न रचनात्मक काममा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले बहुउद्देश्यीय संस्थाहरूलाई नगरपालिकाले समयमै रोक नलगाएको भए भक्तपुरवासीहरूको धेरै पैसा फस्ने थियो भन्नुभयो ।
भनपाका जनप्रतिनिधिहरू सधैँ समाज सेवामा समर्पित भएर लागिरहेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले जनताको सेवा गर्नेबाहेक हाम्रो कुनै स्वार्थ छैन भन्नुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोपाल चगुठीको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला सहकारी सङ्घका प्रतिनिधि बालकृष्ण ध्वोजुलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *